
लण्डन । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटिरेस युक्रेन पुग्नुभएको छ । उहाँले सो कुरा ट्वीट गरेर जनाउनुभएको छ । उहाँले ट्वीटमा भन्नुभएको छ– म रुसको भ्रमणपछि आज युक्रेन पुगेको छु ।
बुधबार ट्वीट गरेर उहाँले सो कुरा जानकारी दिनुभएको विभिन्न विदेशी सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् ।
उहाँले युक्रेनमा रहँदा पछिल्ला केही हप्तायता रुसले गरेको आक्रमणबाट भएको क्षतिका साथै युक्रेनको अवस्थाको बारेमा जानकारी लिनुहुनेछ ।राष्ट्रसंघीय महासचिव गुटनबर्गले युक्रेनमा रहँदा यहाँका द्वन्द्वग्रस्त क्षेत्रहरुको भ्रमण गरी यहाँ आवश्यक मानवीय क्षतिको अनुगमन गरी ती क्षेत्रका नागरिकको उद्धारका लागि सहयोग गर्ने बताउनुभएको छ । उहाँले जतिसक्दो चाँडो युक्रेन युद्धको अन्त्य हुनुपर्ने पनि ट्वीटमा बताउनुभएको छ ।
महासचिव गटिरेस हालैमात्र रुसको भ्रमणमा जानुभएको थियो । त्यस भ्रमणका क्रममा उहाँले युक्रेनसँग कूटनीतिक वार्ता गरेर छिट्टै समस्याको समाधान निकाल्न र युद्ध रोक्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेको पनि बताउनुभएको थियो ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]