
काठमाडौँ । राज्यको ढुकुटीमा रहेको संचित वैदेशिक मुद्रा घट्दै गएपछि सरकारले बुधबारबाट लागु हुनेगरी १० वटा वस्तुको आयातमा रोक लगाएको छ ।
सरकारले रोक लगाएका वस्तुमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य बस्तु (कच्चा पदार्थ ल्याउन छुट), हिरा (औद्योगिक कच्चा पदार्थ ल्याउन छुट), मोबाइल सेट, रंगीन टेलिभिजन (३२ इञ्चभन्दा माथिका), जिप, कार र भ्यानहरु, २५० सीसी भन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरु र तास रहेका छन् ।
सरकारले रोक लगाएका वस्तुहरु चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा विभिन्न देशबाट नेपालमा ५२ अर्ब ४४ करोड ९० लाख ७२ हजार रुपैयाँको भित्रिएको भन्सार विभागको तथ्याङ्कले देखाउँछ ।
पछिल्लो नौ महिनामा ५८ करोड ७६ लाख १५ हजार रुपैयाँको १२ लाख ९३ हजार ५६ केजी कुरकुरे, कुरमुरे, लेज र चिजबल्स नेपाल भित्रिएको थियो ।
२०७८ साउनदेखि चैत मसान्त सम्मको अवधिमा सबै प्रकारका तयारी मदिरा २ अर्ब ७० करोड २९ लाख ५० हजार रुपैयाँको नेपालले आयात गरेको छ । उक्त मूल्यमा ५१ लाख ७३ हजार ५४१ लिटर मदिरा नेपाल भित्रिएको विभागले जनाएको छ ।
यस्तै, बितेको नौ महिनामा ५५ करोड ४६ लाख ६२ हजार रुपैयाँको चुरोट तथा सुर्तीजन्य बस्तु नेपालले आयात गरेको थियो । सोही अवधिमा नेपालले २ अर्ब ४७ करोड २६ लाख ५७ हजार रुपैयाँको हिरा आयात गरेको विभागले जनाएको छ ।
चालु आर्थिक वर्षको पहिलो नौ महिनामा ३४ अर्ब ९७ करोड ९७ लाख ८९ हजार रुपैयाँको मोबाइल सेट नेपाल भित्रिएको देखिन्छ । उक्त अवधिमा नै ३ अर्ब ५० करोड २९ लाख ३८ हजार रुपैयाँको ८ लाख ४३ हजार ९३५ थान टेलिभिनज सेट नेपालले आयात गरेको थियो ।
नेपालले सोही समयमा विभिन्न देशबाट ५ अर्ब ५७ करोड २ लाख ८१ हजार रुपैयाँको जीप, कार र भ्यानहरु आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ ।
बितेका नौ महिनामा १ अर्ब १६ करोड ४९ लाख २३ हजार रुपैयाँको २५० सीसी भन्दा माथि क्षमता भएका मोटरसाइकल नेपाल भित्रिएका छन् । सोही अवधिमा ७१ करोड ७७ लाख ४७ हजार रुपैयाँको विभिन्न प्रकारका खेलौनाहरु नेपालले आयात गरेको थियो । विभागका अनुसार पछिल्लो नौ महिना विभिन्न देशबाट नेपालमा १९ करोड ५५ लाख १० हजार रुपैयाँको खेल्ने तास भित्रिएको थियो ।
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार