
काठमाडौँ । नेपाल बक्सिङ सङ्घले विश्व महिला बक्सिङ च्याम्पियनशिपमा सहभागी हुने चार खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ ।
सङ्घले अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आइवा) विश्व महिला बक्सिङ च्याम्पियनसीप–२०२२ मा सहभागी हुने नेपालको उत्कृष्ट महिला चार बक्सरलाई बन्द प्रशिक्षणमा बोलाइएको बक्सिङ सङ्घका प्रवक्ता श्यामकाजी अवालेले बताउनुभयो ।
आगमी मे ६ देखि २१ तारिखसम्म टर्कीको इस्तानबुल सहरमा हुने १२ औँ विश्व महिला बक्सिङ च्याम्पियनशिपमा नेपालबाट सुस्मन तामाङ, मिनु गुरुङ, चन्द्रकला थापा र पुनम रावलले प्रतिस्पर्धा गर्नेछिन् । सुस्मनले ४८ केजी तौल समूहमा, मिनुले ५२ केजी, चन्द्रकलाले ५७ केजी र पुनमले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् । सहभागी उक्त चारजना खेलाडीहरु गत महिना थाइल्यान्डमा भएको खुला अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनशिप खेलेर आएका खेलाडी हुन् ।
खेलाडीलाई बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगर र आइबा थ्री स्टार प्रशिक्षक दीपक महर्जनले सातदोबाटोस्थित बक्सिङ प्रशिक्षण हलमा बिहान र साँझ प्रशिक्षण दिइरहनुभएको छ । आसन्न १९औँ एसियन प्रतियोगिता (एसियाड) को तयारीका लागि पनि यस प्रतियोगिता महत्वपूर्ण हुने सङ्घले जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा