
काठमाडौँ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी विरोधी गतिविधि गरेको भन्दै सचिवालय सदस्य हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई पदमुक्त गरेको छ ।
पार्टी महासचिव चन्दले आज विज्ञप्ति जारी गर्दै सचिवालय सदस्यद्वय वली र बाँस्तोलालाई अनिश्चितकालका लागि पदमुक्त गरिएको जनाउनुभएको छ ।
नेताद्वयको गतिविधिका कारण उहाँहरुलाई पदमुक्त गर्नुपर्ने अवस्था सिर्जना भएको महासचिव चन्दले जनाउनुभएको छ । नेकपाका कतिपय नेता, कार्यकर्ताले पार्टीको निर्देशनबमोजिम आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएपछि सचिवालय सदस्य बाँस्तोलाले उम्मेदवारी तत्काल फिर्ता लिन चेतावनीसहितको वक्तव्य जारी गरेपछि पाटीभित्र तीव्र विवाद देखिएको थियो ।
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा प्रवेशमा रोक