
काठमाडौँ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टी विरोधी गतिविधि गरेको भन्दै सचिवालय सदस्य हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई पदमुक्त गरेको छ ।
पार्टी महासचिव चन्दले आज विज्ञप्ति जारी गर्दै सचिवालय सदस्यद्वय वली र बाँस्तोलालाई अनिश्चितकालका लागि पदमुक्त गरिएको जनाउनुभएको छ ।
नेताद्वयको गतिविधिका कारण उहाँहरुलाई पदमुक्त गर्नुपर्ने अवस्था सिर्जना भएको महासचिव चन्दले जनाउनुभएको छ । नेकपाका कतिपय नेता, कार्यकर्ताले पार्टीको निर्देशनबमोजिम आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएपछि सचिवालय सदस्य बाँस्तोलाले उम्मेदवारी तत्काल फिर्ता लिन चेतावनीसहितको वक्तव्य जारी गरेपछि पाटीभित्र तीव्र विवाद देखिएको थियो ।
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छुः कांग्रेस सभापति थापा
राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको नेतामा बालेन्द्र शाह चयन
नेपालको प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई शपथ
मध्यपूर्व द्वन्द्व चर्किंदै, वार्ता अनिश्चित
अमेरिकी शान्ति योजना तेहरानद्वारा अस्वीकार