
बागलुङ । अठार वर्ष लामो बेल्जियम बसाइलाई बिट मारेर गाउँ फर्कनुभएका राजु थापाले नेपाली कांग्रेसबाट काठेखोला गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
विसं २०५४ को स्थानीय चुनावमा काठेखोला–४ तङ्ग्राम (तत्कालीन गाविस) को अध्यक्ष बन्नुभएका उहाँलाई यसपालिको चुनावमा सत्ता साझेदार दलहरुले साझा उम्मेदवारका रूपमा अघि बढाएका हुन् । थापा चार महिनाअघि मात्रै नेपाल फर्कनुभएको थियो । कांग्रेसबाट होमबहादुर हमाललगायतका नेता अध्यक्षको आकाङ्क्षी रहे पनि अन्तिममा थापाले टिकट पाउनुभएको हो । कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका उहाँ बेल्जियमा रहँदा नेपाली जनसम्पर्क समितिमा क्रियाशील हुनुहुन्थ्यो ।
‘बेल्जियमा रहँदा पनि लगातार पार्टी समितिमा बसेर काम गरेँ, अहिले नयाँ जिम्मेवारीका लागि पार्टीले अगाडि बढाएको छ, परिणाम दिने गरी चुनावमा होमिएको छु’, थापाले भन्नुभयो ।
पहिले गाविस अध्यक्ष हुँदा होस् या प्रवासमा रहेका बेला पनि गाउँको विकास र जनताको सेवामा थापाको महत्वपूर्ण योगदान रहेकाले चुनावमा लोकप्रिय मत लिएर जित्ने नेपाली कांग्रेस, क्षेत्रीय समितिका सदस्य खड्क थापा मगरले दाबी गर्नुभयो ।
‘एउटा जित्ने आधार कांग्रेसको आफ्नै सङ्गठन हो, त्यहीँमाथि अध्यक्षका उम्मेदवारको आफ्नै व्यक्तित्व छ, पहिले गाविस अध्यक्ष हुँदा पनि उहाँले जनताको मन जित्ने गरी काम गर्नुभएको थियो’, थापा मगरले भन्नुभयो, ‘सबै विदेश जान लालायीत भइरहेका बेला उहाँ बेल्जियमको पीआर त्यागी देशको सेवा गर्छु भनेर आउनुभएको छ ।’
५० वर्षीय थापा २६ वर्षको उमेर छँदा विसं २०५४ मा तत्कालीन तङ्ग्राम गाविस अध्यक्षमा निर्वाचित हुनुभएको थियो । कम उमेरमा जनप्रतिनिधि हुनेमा उहाँको पनि नाम लिइन्छ ।
अध्यक्षमा थापाको प्रतिस्पर्धा नेकपा (एमाले)का डिलबहादुर कार्कीसँग हुने भएको छ । विसं २०७४ को चुनावमा काठेखोला एमालेले जितेको थियो । नेपाली कांग्रेसका होमबहादुर हमाललाई पराजित गर्दै एमालेका अम्मरबहादुर थापा अध्यक्ष बन्नुभएको थियो ।
काठेखोलाको अध्यक्षमा नेपाल दलित पार्टीबाट गङ्गाबहादुर विकले पनि उम्मेदवारी दिनुभएको छ । उपाध्यक्षमा भने चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनका तर्फबाट राष्ट्रिय जनमोर्चाले लक्ष्मण पुनलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ भने एमालेले कोपिला पुनलाई अघि सारेको छ ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ