
वासिङ्गटन डिसी । अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जोसेफ वाइडेनसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
राजदूत खत्रीले यही अप्रिल १९ मा पेश गर्नुभएको प्रमाणपत्र अमेरिकी राष्ट्रपति जोसेफ वाइडेनले ग्रहण गर्नुभएको वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासले जनाएको छ ।
यसअघि ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न भौतिकरुपमा उपस्थित हुने व्यवस्थालाई परिमार्जन गरी कोरोना महामारीका कारण पत्रमार्फत ओहोदाको प्रमाणपत्र पेश गरिएको थियो । सोहीबमोजिम राजदूत खत्रीले अमेरिकी विदेश मन्त्रालयमार्फत ह्वाइट हाउसमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको थियो ।
सो प्रमाणपत्र ग्रहण गर्दै राष्ट्रपति वाइडेनले खत्रीलाई डिसीको कूटनीतिक समुदायमा स्वागत गर्नुका साथै आफ्नो सरकार दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध मजबुत पार्न इच्छुक रहेको बताउनुभएको दूतावासको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
खत्रीले प्रमाणपत्र पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली जनताको तर्फबाट राष्ट्रपति जो वाइडेनको सफल कार्यकाल र सुस्वास्थ्यको कामना गर्नुभएको थियो । साथै नेपालको विकासको लागि निरन्तर सहयोग गर्दै आएकामा राजदूत खत्रीले अमेरिकी जनता र अमेरिका सरकारलाई आभार व्यक्त गर्नुभयो ।
खत्रीले आगामी दिनमा दुई देशबीच मैत्रीपूर्ण सम्बन्ध थप मजबुत र विस्तारित हुनेमा आफ्नो विश्वास रहेको पनि सो पत्रमार्फत उल्लेख गर्नुभएको छ ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक