
पेरिस । फ्रान्सका राष्ट्रपति एम्यानुयल माक्रोन राष्ट्रपतिमा फेरि निर्वाचित हुनुभएको छ ।
प्रमुख प्रतिश्पर्धी मारिन ले पेनलाई पराजित गर्दै उहाँले आफ्नो कार्यकाल फेरि दोहोर्याउनु भएको हो ।उहाँले झण्डै ५८.६ प्रतिशत मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्णायक हुन नसकेपछि दोस्रो चरण पनि मतदान गराउनु परेको थियो ।
दोस्रो चरणमा उहाँका प्रतिश्पर्धी पेनले ४१.४ प्रतिशत मत पाउनु भएको थियो । यसअघि सन् २०१७ मा भएको निर्वाचनमा भने राष्ट्रपति माक्रोनले ६६.१ प्रतिशत मत ल्याउँदा प्रतिश्पर्धीले भने ३३.९ प्रतिशत मत पाएका थिए ।
राष्ट्रपति माक्रोनले मतदानका बेला कतिपयले आफूलाई मतदान नगरेपनि आफू उनीहरुको समेत राष्ट्रपति भएको उल्लेख गर्नु भएको छ । उहाँको विजयले युरोपेली नेताहरूलाई भने राहत भएको मानिएको छ ।
उहाँलाई युरोपेली मुलकका राष्ट्र प्रमुखहरुले फेरि निर्वाचित भएकोमा बधाई दिएका थिए । बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले पनि माक्रोनलाई बधाई दिनु भएको छ । फ्रान्सको राष्ट्रपतीय निर्वाचनमा करिब ७२ प्रतिशत मत खसेको निर्वाचन आयोगका अधिकारीहरुले जनाएका छन् । त्यो सङ्ख्या सन् १९६९ यताको सबैभन्दा कम मतदान भएको बताइएको छ ।
फ्रान्समा बितेको दुईदशकमा कोही पनि पुन: राष्ट्रपति हुन सकेका थिएनन् ।
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
तमु धीं यूकेको गुडविल एम्बासडरमा कराते खेलाडी एरिका गुरुङ
गायक तथा सर्जक वसन्त लम्सालको ‘मगर्नीको तीनपाने भाग २’ बजारमा
एनआरएनका लागि नेपालको अन्तर्राष्ट्रिय विमानस्थलमा अलग्गै डेस्क राखिने
सुरेश सिंह धामीको उपचारमा नेपाल पत्रकार महासंघ बेलायतको आर्थिक सहयोग
श्रीलङ्कामा इन्धन सङ्कट, सरकारी कार्यालय बुधबार बन्द रहने
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु