
भक्तपुर । नेकपा (एमाले)ले विभिन्न महानगरपालिका र उपमहानगरपालिकाका नगरप्रमुख तथा उपप्रमुखको उम्मेदवार टुङ्ग्याएको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा शनिबार सम्पन्न एमाले केन्द्रीय सचिवालय बैठकले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको उम्मेदवारको नाम टुङ्गो लगाएको बैठकपछि एमाले उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले काठमाडौँ महानगरपालिकाको प्रमुखमा केशव स्थापित, उपप्रमुखमा सुनिता डङ्गोल, ललितपुरमा प्रमुख हरिकृष्ण व्यञ्जनकार, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, पोखरा प्रमुखमा दीपक पौडेल, उपप्रमुखमा मञ्जुदेवी गुरुङ, भरतपुरको प्रमुखमा विजय सुवेदी, वीरगञ्जमा प्रमुख विजय सरावगीलाई उम्मेदवार बनाउने गरी निर्णय गरेको छ । भरतपुरको उपप्रमुख, वीरगञ्जको उपप्रमुख र विराटनगरको प्रमुख र उपप्रमुख भने नाम टुङ्याउन बाँकी राखेको प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो ।
केन्द्रीय सचिवालय बैठकबाट उपमहानगरपालिकातर्फ एमालेका उम्मेदवारहरू जनकपुर र जितपुर सिमराबाहेक अन्यत्र टुङ्ग्याएको छ । उपमहानगरपालिकातर्फ धनगढीको प्रमुखमा रणवहादुर चन्द, उपप्रमुखमा चन्द्रकला राना थारू, नेपालगञ्जको प्रमुखमा पशुपतिदयाल मिश्र, उपप्रमुखमा शान्तिदेवी ढकाल, तुलसीपुरको प्रमुखमा टीकाराम खडका, उपप्रमुखमा सानी चौधरी, घोराहीको प्रमुखमा नरुलाल चौधरी, उपप्रमुखमा मनकुमारी डिसी, बुटवलको प्रमुखमा बाबुराम भट्टराई, उप्रमुखमा सावित्रादेवी अर्याल, हेटौँडाको प्रमुखमा अनन्त पौडेल, उपप्रमुखमा सुमित्रा काफ्ले, धरानको प्रमुखमा मन्जु काफ्ले भण्डारी, उपप्रमुखमा पदम लिम्बू, इटहरीको प्रमुखमा यामकुमार सुब्बा, उपप्रमुखमा सङ्गीता चौधरी, कलैयाको प्रमुखमा विनोद शाहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
जनकपुरमा भने प्रमुख तथा उपप्रमुख दुवै बाँकी छ । यसैगरी कलैयाको उपप्रमुख र जितपुर सिमराको प्रमुख तथा उपप्रमुखको नाम टुङ्ग्याउन बाँकी राखेको छ । बाँकी रहेको ठाउँमा तालमेलको सम्भावनालाई मध्यनजर गर्दै अहिलेलाई नाम खाली राखेको प्रचार विभाग प्रमुख गुरुङले बताउनुभयो ।
बेलायतमा नेपाली विद्यार्थीको सुतेकै अवस्थामा मृत्यु
दर्शकले रुचाउन थाले नेपाली चलचित्र
दिल्लीको घातक कार विस्फोटमा कम्तीमा आठको मृत्यु, फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
अमेरिकी एयरलाइन्सले एक हजार उडान रद्द गर्यो, सरकारी बन्दको असर बढ्दै
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
११ राजदूत फिर्तासँगै परराष्ट्रकै कर्मचारीलाई तोकियो कार्यवाहक, बेलायतमा दुवाडी
नेपालको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘लाइटिङ’ प्रणालीमा समस्या, उडान प्रभावित
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
एनआरएनएको सचिवालयमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका समस्या समाधानबारे समन्वयात्मक बैठक