काठमाडौँ । नेपाल इञ्जिनीयर्स एसोसियसनको अध्यक्ष पदमा सेन्टर फर डेमोक्र्याटिक इञ्जिनीयर्स नेपाल (सिडेन) का डा हरिबहादुर दर्लामी निर्वाचित हुनुभएको छ । दर्लामीले तीन हजार ९३० मत प्राप्त गर्नुभएको निर्वाचन समितिका सदस्य उमेशकुमार गुप्ताले जानकारी दिनुभयो ।
यसैगरी उपाध्यक्ष पदमा पनि लोकतान्त्रिक समूहकै डा नारायणप्रसाद अधिकारी चार हजार २१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । सबै पदमा लोकतान्त्रिक समूह विजयी भएको समितिले जनाएको छ ।
महासचिव पदमा रविभूषण झाले चार हजार २९८ मत पाउनुभएको छ । उपमहासचिवमा सरोज धितालले तीन हजार ६८३ मत प्राप्त गर्नुभयो । कोषाध्यक्ष पदमा दिनेश त्रिपाठीले तीन हजार ६०५ मत प्राप्त गर्नुभयो । सहकोषाध्यक्ष पदमा दीपक अधिकारी तीन हजार ३४२ मत ल्याई विजयी हुनुभएको छ ।
एसोसियसनको सबै सदस्य पदमा पनि लोकतान्त्रिक समूहकै उम्मेदवार विजयी भएका छन् । मधेस प्रदेशबाहेकका छ प्रदेशको एसोसियसनमा पनि लोकतान्त्रिक समूहको नेतृत्व निर्वाचित भएको छ । मधेस प्रदेशका अध्यक्षमा भने नेशनल इञ्जिनीयर्स एसोसियसन नेपालका गौरी पण्डित अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ ।
एसोसियसनका निर्वाचित अध्यक्षमा प्रदेश नं १ मा जयनाथ यादव, गण्डकीमा वृजेन्द्र केसी, लुम्बिनीमा शैलेन्द्रकुमार श्रेष्ठ, कर्णालीमा हरि केसी र सुदूरपश्चिममा प्रदीपकुमार पन्त निर्वाचित हुनुभएको हो । वाग्मती प्रदेशमा पनि लोकतान्त्रिक समूहकै रोहिणी पौडेल निर्वाचित हुनुभएको छ ।
यसैगरी प्रगतिशील समूहबाट केन्द्रीय अध्यक्षमा डा सुरज लामिछाने नेतृत्वको समूहले प्रतिष्पर्धा गरेको थियो । सिडेनबाट विद्रोही समूह निर्वाचनमा खडा भए पनि छ प्रदेशसहित केन्द्रमा पनि निर्वाचित भएको छ ।
एसोसियसनको ३३औँ कार्यसमितिका लागि फागुन २७ गते शुक्रबार मतदान भएको थियो । एसोसियसनबाट इञ्जिनीयर्स काउन्सिलमा प्रतिनिधित्व गर्ने पाँच पदमा पनि सिडेनकै उम्मेदवार निर्वाचित भएको जनाइएको छ ।
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम तयारी तीव्र
अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ: परराष्ट्र मन्त्रालय
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ