काठमाडौँ। साहित्यकार पारिजातको ८८औँ जन्मजयन्तीका अवसरमा आज विभिन्न सम्मानको घोषणा गरिएको छ ।
पारिजात स्मृति केन्द्रका महासचिव मातृका पोखरेलका अनुसार पारिजात सिर्जना सम्मान–२०७८ कवि विनोदविक्रम केसीलाई, पारिजात बालसाहित्य सम्मान–२०७८ बाट प्रा भिक्टर प्रधानलाई, पारिजात कला सम्मान–२०७८ कलाकार देवेन्द्र थुम्केलीलाई र पारिजात सङ्घर्षशील नारी सम्मान–२०७८ सङ्घर्षशील महिला उमा गुरुङ राईलाई प्रदान गरिने छ ।
यी सम्मान पारिजातको २९औँ स्मृति दिवसका अवसरमा आगामी वैशाख ५ गते प्रदान गरिनेछ ।
जन्मजयन्तीका अवसरमा आज केन्द्रको कार्यालय म्हेपीमा ‘नेपाली साहित्यमा पारिजात’ विषयक परिसंवाद कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा डा महेश मास्के, अमृता शर्मा र डा विन्दु शर्मा वक्ता हुनुहुन्थ्यो । उहाँहरुले पारिजातका लेखनीमा प्रगतिशीलता र सामाजिक यथार्थको कलात्मक चित्र पाइने बताउनुभयो ।
सुकन्या वाइबाको अध्यक्षतामा २०५० सालमा सो केन्द्रको स्थापना भएको थियोे ।
अमेरिका र इरानबीच हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास
स्कटल्याण्डमा सेलरोटी बिक्रीबाट मन्दिरका लागि दुई घण्टामै ४०० पाउन्ड संकलन
बेलायतद्वारा रुसको प्रतिबन्धित तेल ट्याङ्कर नियन्त्रणमा
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
उत्तरी आयरल्याण्डलगायत क्षेत्रमा अशान्ति, सतर्क रहन बेलायतवासी नेपालीलाई एनआरएनए यूकेको अपिल
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]