काठमाडौँ। साहित्यकार पारिजातको ८८औँ जन्मजयन्तीका अवसरमा आज विभिन्न सम्मानको घोषणा गरिएको छ ।
पारिजात स्मृति केन्द्रका महासचिव मातृका पोखरेलका अनुसार पारिजात सिर्जना सम्मान–२०७८ कवि विनोदविक्रम केसीलाई, पारिजात बालसाहित्य सम्मान–२०७८ बाट प्रा भिक्टर प्रधानलाई, पारिजात कला सम्मान–२०७८ कलाकार देवेन्द्र थुम्केलीलाई र पारिजात सङ्घर्षशील नारी सम्मान–२०७८ सङ्घर्षशील महिला उमा गुरुङ राईलाई प्रदान गरिने छ ।
यी सम्मान पारिजातको २९औँ स्मृति दिवसका अवसरमा आगामी वैशाख ५ गते प्रदान गरिनेछ ।
जन्मजयन्तीका अवसरमा आज केन्द्रको कार्यालय म्हेपीमा ‘नेपाली साहित्यमा पारिजात’ विषयक परिसंवाद कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा डा महेश मास्के, अमृता शर्मा र डा विन्दु शर्मा वक्ता हुनुहुन्थ्यो । उहाँहरुले पारिजातका लेखनीमा प्रगतिशीलता र सामाजिक यथार्थको कलात्मक चित्र पाइने बताउनुभयो ।
सुकन्या वाइबाको अध्यक्षतामा २०५० सालमा सो केन्द्रको स्थापना भएको थियोे ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा