काठमाडौँ। राजस्व अनुसन्धान विभागले बोटलर्स नेपाल लिमिटेडविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ ।
विभागले उच्च अदालत पाटनमा रु सात अर्ब ४३ करोड ६३ लाख ८२२ असुलउपर गराउन माग गर्दै आज मुद्दा दायर गरेको हो ।
यहाँस्थित बालाजु औद्योगिक क्षेत्रस्थित बोटलर्स नेपाल लिमिटेडका सञ्चालक, प्रबन्ध निर्देशक, आर्थिक कारोबार लेखा परीक्षणको मुख्य जिम्मेवारीमा रहेका १७ जनालाई प्रतिवादी कायम गरी दायर गरिएको मुद्दामा विभागले अभियुक्तहरूबाट रु तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ राजस्व चुहावट गरेकाले निजहरूबाट त्यति नै जरिवाना रकम असूलउपर गर्न माग गरेको छ ।
बोटलर्स नेपाल लिमिटेडको निहित शेयर स्वामित्वमा परिवर्तन भएको सम्बन्धमा उक्त कम्पनीले ठूला करदाता कार्यालयलगायत सम्बन्धित निकायमा कुनै जानकारी नदिएको तथा शेयर स्वामित्व परिवर्तन हुनुपूर्व तथा पछाडिको आयकर ऐनअनुसार पूँजीगत लाभकर दाखिला गर्नेलगायत प्रक्रिया पूरा नगरी राजस्व चुहावट गरेको अभियोगपत्रमा विभागले उल्लेख गरेको छ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त
बुद्धि तामाङ निर्देशित नाटक ‘मिलारेपा’आगामी ८ मार्चमा बेलायतमा मञ्चन हुने
पेनिबा : युवाको प्रतिनिधि कथाहरू
राप्रपा र राप्रपा नेपालबीच फेरि एकीकरणको सहमति
नेपाल सरकारले अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराउने
दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
सहारा यूकेको अध्यक्षमा शारदा गुरुङ चयन
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस