फुटको संघारमा एनआरएन, समानान्तर नेतृत्व चयन शुरु हुँदै


काठमाडौं । करिब दुई दशकअघि गठित गैरआवासीय नेपाली संघ अन्तत फुटको संघारमा पुगेको छ । संघको नयाँ नेतृत्व २०२१ को अक्टोबरमै चयन हुनु पर्नेमा विवाद बढ्दै जाँदा अब दुई समानान्तर नेतृत्व चयनको प्रक्रिया अगाडी बढेको छ ।

वर्तमान कार्यसमितिले गठन गरेको निर्वाचन समितिले निर्वाचनको कार्यक्रम अगाडी बढाइ अहिले उम्मेदवारको मनोनयनको क्रममा पुगेको छ भने असन्तुष्ट पक्षले उपाध्यक्ष सोनाम लामाको नेतृत्वमा महाधिवेसन आयोजक समिति र विश्व बरालको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ ।

संघका पूर्व अध्यक्ष शेष घलेले प्रमुख संरक्षकको हैसियतमा संघको निर्वाचन गराउन निर्वाचन समिति गठन गरेको बताएका छन् । जबकि कार्यसमितिले यसअघि नै अधिवक्ता भीमसेन बन्जाराको नेतृत्वमा निर्वाचन समिति गठन गरेको छ ।

घलेले बनाएको निर्वाचन समितिमा इन्द्रा वन (अस्ट्रेलिया), अधिवक्ता बासुदेव फुलारा (अमेरिका), मेजर (रिटायर्ड) डमर घले (युके), पुष्प थापा (जर्मनी), विमल सुवेदी (कतार) तथा प्रकाश धमला (दक्षिण कोरिया) रहेका छन् । यस्तै दशौँ महाधिवेशन आयोजक समितिको सह–संयोजकमा उपाध्यक्ष मन केसी र सदस्यमा सबै एनसीसी अध्यक्षहरु, आइसीसीका पदाधिकारीहरु, क्षेत्रीय संयोजक तथा क्षेत्रीय उपसंयोजकहरु लगायत रहने बताइएको छ ।

घलेले संघको दशौँ महाधिवेशन मार्च २२ देखि २५ तारिख (चैत्र ८ देखि ११ ) सम्म काठमाडौँमा तोकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री