किमाथाङ्का । सङ्खुवासभाको मादी नगरपालिका–६ मा बस दुर्घटनामा १४ जना मृत्यु भएको छ ।
मादी–६ स्थित सातघुम्तीमा भएको बस दुर्घटनाका मृतक सबैको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा ताप्लेजुङका ३१ वर्षीय समीक्षा योञ्जन र उनका छोरा आठ वर्षीय सुदीप घिसिङ, मादी–६ की ३० वर्षीया सीता विक रहेका छन् । सो घटनामा मादी–६ का ३८ वर्षीय इन्द्र अधिकारी, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटुवालकी छोरी पाँच वर्षीया दीक्षा कटुवाल, मादी–५ का ४८ वर्षीय दीपककुमार दाहाल, ५५ वर्षीय श्याम शेर्पा, ४९ वर्षीय भवानीप्रसाद दाहालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो ।
त्यसैगरी, मादी–४ का ३८ वर्षीय आइतबहादुर तामाङ, २८ वर्षीया सविता कार्की, सहचालक उमेश भट्टराई, तेह्रथुमको ओैँशीडाँडाका सवारी चालक बिपीन निरौला र मादी–४ का ६० वर्षीय बलबहादुर कार्कीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो । उहाँहरु १४ जनाकै घटनास्थलमै मृत्यु भएको थियो ।
आज बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बस दुर्घटनामा परेको थियो ।
बस मादी–६ को सात घुम्ती नजिकै दुर्घटनामा परेको हो । बस सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण मादीमा बस दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बस दुर्घटनाका घाइते पाँच जनालाई हेलिकप्टरबाट थप उपचारका लागि धरान लगिएको छ । घाइते पाँच जनालाई नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि लगिएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताउनुभयो । घाइते डम्बरबहादुर कार्की, करिष्मा तामाङ, तुलसा कटुवाल, सुवास तामाङ र युवा पोख्रेललाई नेपाली सेनाको हेलिकप्टरबाट उपचारका लागि धरान लगिएको छ ।
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध : परराष्ट्रमन्त्री खनाल
बेलायतमा १३औँ पाँचथर कपको उपाधि फार्नबोरो इलाइटलाई
नेपाल र भारतका विदेशमन्त्रीबीच भेटवार्ता : के के विषयमा भयो छलफल ?
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ