काठमाडौं । राजधानी काठमाडौंमा एकै परिवारका पाँच जना सदस्यले विष सेवन गरी सामूहिक आत्महत्याको प्रयास गरेका छन् ।
काठमाडौंको रामकोट नगरपालिका–६ स्थित एक घरमा सामूहिक विष सेवन गर्नेमध्ये एक जनाको मृत्यु भइसकेको छ भने चार जना अचेत अवस्थामा रहेका छन् ।
अचेत अवस्थामा रहेका चार जनाको स्वयम्भूस्थित मनमोहन अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले बताए ।
‘गएरातिको घटना हो । विष सेवन गर्ने पाँच जनामध्ये एक जनाको मृत्यु भइसकेको छ । चार जनाको मनमोहन अस्पतालमा उपचार चलिरहेको छ । सबै अचेत अवस्था हुनुहुन्छ र स्वास्थ्य अवस्था गम्भिर छ,’ प्रवक्ता राठौरले भने ।
अचेत अवस्थामा रहेकाहरुको भेन्टिलेटरमा राखेर उपचार भइरहेको उनले जनाए । उपचार हुनेहरुमा इन्दिरामाया प्रधान, भिम प्रधान, मन्दिरा डंगोल र सुप्रेणा प्रधान रहेका छन् ।
काठमाडौंको डल्लुमा स्थायी ठेगाना भएका उनीहरु नागार्जुन नगरपालिका–६ रामकोटमा एक जनाको घरमा डेरागरी बस्दै आएका थिए । उनीहरुको कोठाबाट विषको बट्टा र सुसाइट नोट समेत फेला परेको प्रहरीले जनाएको छ ।
सुसाइट नोटमा आर्थिक अवस्था बिग्रेका कारण आत्महत्या गर्नुपरेको उल्लेख गरिएको छ ।
‘घटनाका विषयमा अनुसन्धान चलिरहेको छ । अहिले यही हो भन्न सक्ने अवस्था छैन,’ प्रवक्ता राठौरले भने ।
नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङमा
फिफा विश्वकप फुटबल : स्कटल्याण्डले हाइटीलाई हरायो
नेपाली दूतावास लन्डनले २८ जुनमा स्वीन्डनमा घुम्ती शिविर सञ्चालन गर्ने [सूचनासहित]
तमु धीं यूकेको १७औँ नेपाली मेला अगस्ट ३० मा, एम्बासडर कपदेखि सांस्कृतिक प्रतिस्पर्धा हुने
नेपालमा चेक अनादरको अभियोगमा सेफ सन्तोष साह पक्राउ
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता
कम्बोडियामा गैरकानुनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन नेपाली दूतावासको आग्रह
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल