अभिनेता पल शाहलाई १२ दिन थुनामा म्याद थप

तनहुँ । नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिइएको छ ।

जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा रहेका आरोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालत तनहुँले अनुमति दिएको हो ।

यसअघि अदालतले उननलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीलाई म्याद दिएको थियो ।

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि एक साताअघि १५ फागुनमा शाहले तनहुँ प्रहरी गिरफ्तारी दिएका थिए ।

उनीमाथि नवलपुर जिल्लामा पनि जबरजस्ती करणीको उजुरी परेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री