काठमाडौं। संसदले एमसिसी पारित गरेलगत्तै एमसिसीको विपक्षमा रहेका नेकपा माओवादीका महासचिव विप्लवले राजनीतिक भेट तीव्र पारेका छन् ।
उनी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलाई भेट्न बुधबार बिहान श्रेष्ठ निवास हात्तिवन पुगेका हुन् । उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
एमसीसीको विषयलाई लिएर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग दूरी बढेका बेला श्रेष्ठलाई भेट्न विप्लव पुगेका हुन् ।
एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ र एमसीसीबाट आउने अनुदान नै ल्याउन नहुने धारणा राख्दै आएका विप्लवबीच एमसीसी सम्झौता सदनबाट अनुमोदन भएको चौथो दिन भेटवार्ता भएको हो
यस्तै, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे र नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । बुधबार दिउँसो बिजुक्छे भेट्न विप्लव पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई लिएर भक्तपुर पुगेका थिए ।
भेटवार्तामा नेमकिपाका सांसद प्रेम सुवालसमेत सहभागी थिए । बिजुक्छे र विप्लवबीच नेपाली राजनीतिको पछेल्लो अवस्था र एमसीसीलगायतका विषयमा कुराकानी भएको विप्लव सचिवालयले जानकारी दिएको छ ।
पछिल्लो समय नेमकिपाका अध्यक्ष बिजुक्छे राजनीतिक रूपमा त्यति सक्रिय छैनन् । विप्लव भने अहिले राजनीतिक भेटघाट तीव्र पारिरहेका छन् ।
प्रतिनिधिसभाले एमसीसी अनुमोदन गरेसँगै विप्लवले सडक आन्दोलन गर्ने चेतावनी दिएका छन् । त्यसकै लागि साना कम्युनिस्ट पार्टीको समर्थन खोज्न विप्लव बिजुक्छेकहाँ पुगेका हुन् । विप्लव नेतृत्वको नेकपा र बिजुक्छे नेतृत्वको नेमकिपा दुवै एमसीसी खारज गर्नुपर्ने पक्षमा छन् । नेमकिपाले संसदमै एमसीसीको विरोध गरेको थियो ।
विश्वकप फुटबल : अर्जेन्टिनाको विजयी सुरुआत, अल्जेरिया पराजित
नालापानी खलङ्गा किल्लाको लडाइँ
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
फिफा विश्वकप फुटबल : उरुग्वे-साउदी अरब तथा स्पेन-केप भर्डेलबीचको खेल बराबरी
मेरो मेनोपज यात्रा: मौन पीडाबाट आत्मविश्वाससम्म
सबैले सेयर किनी नेपाली भिलेज यूके ऐतिहासिक परियोजना सफल पार्न आह्वान
बेल्जियममा उभौली साकेला ५०८६ भव्य रूपमा मनाइयो
डरत्रासका गतिविधि तत्काल रोक्न इरानलाई बेलायतसहित २२ देशको चेतावनी
नेपाल–भारत सीमा समस्या कूटनीतिक संवाद र वार्तामार्फत समाधान खोजिनेछः परराष्ट्रमन्त्री खनाल
संस्कारदेखि शान्तिसम्मको यात्रा [दृष्टिकोण]