
युक्रेन छाड्नेको ताँती (Photo by Daniel MIHAILESCU / AFP) (Photo by DANIEL MIHAILESCU/AFP via Getty Images)
लण्डन । बेलायतले युक्रेनमा रसियाको आक्रमणबाट विस्थापित करिब १ लाख मानिसहरुलाई आश्रय दिने भएको छ ।
बेलायतका गृह मन्त्री प्रीति पटेलले सोमबार सो घोषणा गरेकी हुन् । उनले युक्रेनबाट विस्थापितहरुलाई बेलायत आउनका लागि अध्यागमन नियमहरुलाई खुकुलो बनाइएको पनि जानकारी दिएकी छिन् ।
उनका अनुसार बेलायतको आवासीय अधिकार पाइसकेका युक्रेनीहरुको नजिकका नातेदारहरुलाई बेलायत आउन दिइनेछ । जसमा बेलायतको आवासीय अधिकार पाएका मानिसहरुको श्रीमान/श्रीमती, अविवाहित भए दुई वर्षदेखिको पार्टनर, छोराछोरी (कम्तीमा एकजना १८ वर्ष मुनीको हुनुपर्ने), अभिभावकहरु तथा हेरचाहकर्ताहरु रहेका छन् ।
यसरी बेलायत आउन चाहनेहरुले बायोमेट्रिक र सुरक्षा जाँच भने पास गर्नुपर्ने पटेलले बताएकी छिन् । बेलायतमा अतिवादीहरु छिर्न सक्ने सूचना पाएका कारण बेलायती नागरिकहरुलाई सुरक्षित राख्न पनि यसो गर्नुपरेको उनको तर्क छ । यद्यपि सत्तारुढ कन्जरभेटिभ पार्टीकै सांसदहरुले बेलायत आउने प्रक्रिया सजिलो बनाउन दबाब दिइरहेका छन् ।
शरणार्थीसित काम गरिरहेका अभियन्ताहरुले भने बेलायतले युक्रेनको द्वन्द्वबाट प्रभावितहरुलाई आश्रय दिन अझै कठोर नीति अपनाएको आरोप लगाएका छन् ।
हालसम्म युक्रेनबाट करिब ४ लाख मानिस विस्थापित भएको अनुमान गरिएको छ ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’