लण्डन । गोरखा सैनिकका समस्याका बारेमा नेपाल र बेलायतबीच सरकार स्तरमा वार्ता हुन लागिरहेको बेलामा गोरखा भूतपूर्व सैनिकहरुको मुख्य दुई संस्था कार्यगत एकता र सहकार्यको नजिक पुगेका छन् ।
विगतमा अधिकांश समय अलग-अलग आन्दोलनमा होमिएका गोरखा भूतपूर्व सैनिक संघ (गेसो) र गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति सहकार्यका लागि तयार भएका हुन् ।
ती दुई संस्थाका प्रमुख र केन्द्रीय समितिबीच पटकपटक एकल र सामूहिक छलफल भएको छ । उनीहरु बीच केही दिनमै समझदारी पत्रमा हस्ताक्षर हुने स्रोतले बतायो ।
गेसोका सभापति कृष्णकुमार राई र सत्याग्रहका संयोजक कृष्णबहादुर राई बीच नेपालमै पटक-पटक एकल र सामूहिक वार्ता भएको छ भने बेलायतका लागि नवनियुक्त राजदुत ज्ञानचन्द्र आचार्यलाई भेट्न पनि दुवैजना संयुक्त रुपमा पुगेका थिए । त्यति मात्र होइन दुवै संस्थाले नेपालको परराष्ट्र मन्त्रालयमा पनि संयुक्त ज्ञापन पत्र बुझाएका छन् भने गतहप्ता मात्र दुवै कृष्ण नेपालबाट बेलायत आएका छन् । त्यो पनि एउटै फ्लाइटमा र सँगै यात्रा गरेर ।
स्रोतका अनुसार दुई संस्थाबीच विगतका कुराहरु नकोट्याउने, विगतमा कसले के कति गर्यो भन्ने इतिहासको जिम्मा छोड्ने सहमति भएको छ भने दुई सरकारबीच अब हुने वार्तामा दुवै संस्था सहकार्य गरेर प्रस्तुत हुने पनि सहमति भएको छ । ‘वार्ता समितिमा को पर्यो परेन भन्ने महत्वपूर्ण कुरा होइन, वार्तालाई कसरी सफल बनाउने ठूलो कुरा हो’ छलफलमा सहभागी एक नेताले भने ।
समझदारी पत्रमा हस्ताक्षर भएपछि अब गेसो र सत्याग्रहको एकल कार्यक्रम आयोजना हुने छैन । दुवैले संयुक्त रुपमा कार्यक्रम आयोजना गर्ने छन् । यसबाट गोरखाहरुमा एकता र सकारात्मक सन्देश जाने उनीहरुको विश्वास छ ।
‘विगतमा गोरखाहरु छिन्नभिन्न हुँदा बेलायतले फाइदा उठाएको कारण दुई संस्था सहकार्य गरी वार्ताबाट गोरखाहरुको पक्षमा अधिकतम उपलब्धि हासिल गर्नुपर्छ भन्ने मान्यताबाट सहकार्य हुन लागेको हो’, ती नेताले भने ।
दुई संस्थाहरु प्राविधिक समितिको १३ बुँदे प्रतिवेदनलाई सहमतिको जग बनाउन राजी भएका छन् ।
गेसोले विकसित नयाँ परिस्थितिका बारेमा केन्द्रीय समितिको बैठक राखेर सहकार्यका लागि अघि बढिसकेको बुझिएको छ भने सत्याग्रहको बैठकले सहकार्यका लागि म्याण्डेट दिएपछि लिखित रुपमा सहकार्य अघि बढ्ने छ ।
गोरखा संस्थाहरुबीच विकसित नयाँ समीकरणका बारेमा नवनियुक्त राजदुत आचार्यलाई पनि जानकारी भइसकेको र उनी पनि खुशी भएको बुझिएको छ ।
सिरुबारी नाँसा बेलायतको भेटघाट कार्यक्रम सम्पन्न
नेपालमा प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फ एक करोड तीन लाख मतगणना सकियो
बेलायतमा काउन्सिलसँगको सहकार्यमा जीआरएनसीले मनायो अन्तर्राष्ट्रिय नारी दिवस
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ विजयी
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यद्वारा शपथ ग्रहण
नेपालमा प्रतिनिधिसभा चुनावपछि बन्ने सरकारसँग मिलेर काम गर्न तयार छौं : बेलायत
इरान आक्रमणप्रति चीनको असहमति
एनआरएनएद्वारा मध्यपूर्वका नेपालीको सुरक्षा तथा आपतकालीन समन्वयका लागि सरकारको ध्यानाकर्षण
एनआरएनएको घोषित निर्वाचन कार्यतालिका तत्काल स्थगन गर्न शेरचनको माग
एनआरएनए हङकङद्वारा विश्वव्यापी इको कविता प्रतियोगिता घोषणा