काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप ग्लोबल छनोटअन्तर्गत समूह ‘ए’ को पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको छ ।
ओमानको मस्कटस्थित अल अमरेत क्रिकेट एकेडेमीमा आज भएको खेलमा नेपालले घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको हो । कप्तान सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीको उत्कृष्ट बलिङको मद्दतमा नेपालले ओमानमाथि सहज जित निकालेको हो ।
एक सय १८ रनको विजयी लक्ष्य पछ्याएको ओमान १७ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमा समेटियो । ओमानका नसिम शुखीले सर्वाधिक २४ रन बनाए भने आमिर कलिमले ९, जतिन्दर सिंहले ९, खवर अलीले ७, फैज बटले ६, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।
बलिङतर्फ नेपालका कमलसिंह ऐरीले सर्वाधिक तीन विकेट लिए भने कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । त्यसैगरी अविनाश बोहरा र जीतेन्द्र मुखियाले एक–एक विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ११७ रन बनाएको थियो । नेपालका आरिफ शेखले ३७ बलमा २ चौकासहित सर्वाधिक ३८ रनको योगदान दिए । कप्तान सन्दीप लामिछाने ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे । यस्तै लोकेश बमले १६, ज्ञानेन्द्र मल्लले १५, दीपेन्द्रसिंह ऐरीले ११, विवेक यादवले ७, कुशल भुर्तेलले ५, आशिफ शेखले ४ तथा कमलसिंह ऐरीले १ रन बनाए ।
ओमानका खवर अलीले सर्वाधिक ३ विकेट हात पारे । त्यस्तै विलाल खानले दुई तथा फैज बट, जिसन मक्सुदले एक–एक विकेट लिए । नेपालले दोस्रो खेल शनिबार फिलिपिन्ससँग खेल्नेछ ।
नेपालमा मन्त्रिपरिषद् विस्तार : सुधन गुरुङ गृह र महावीर पुन नवप्रवर्तनमन्त्रीमा नियुक्त
नेपाली कांग्रेसलगायतले अवरोध गर्दा प्रतिनिधिसभा बैठक स्थगित
साहित्यकार हितानद्वारा आमाको स्मृतिमा ‘पर्या-साहित्य पुरस्कार’ घोषणा
बेलायतमा १३औँ ‘गोर्खा वाक सम्पन्न, रोबर्ट लाटाला र मन्दा गुरुङ प्रथम
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
के नाइजेल फराज बेलायतका ट्रम्प बन्लान् ?
बेलायतको फार्नबोरोमा आगामी जुलाई २४ र २५ मा आन्तरिक क्षमता अभिवृद्धि तालिम हुने
ब्रिटिश गोर्खा नेपाली नागरिकता निरन्तरताको वार्षिक साधारणसभा सम्पन्न
विदेशी विद्यार्थी भिसामा बेलायतको कडा नियम : बीचमै विद्यार्थीले पढाइ छाडे विश्वविद्यालयले भर्ना गर्न नपाउने
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’, क-कसले पाए ?