काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिटबीच विकास साझेदारीबारे छलफल भएको छ ।
उपाध्यक्ष पौडेलको कार्यकक्षमा आज भएको छलफलमा नेपाल–संयुक्त अधिराज्य सम्बन्धका साथै विकास साझेदारी र भावी दिनमा हुने पारस्परिक सहयोगका विविध पक्षमा विचार–विमर्श भएको थियो ।
दुई सय वर्षभन्दा पुरानो नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्ध, उक्त देशबाट नेपालको सामाजिक–आर्थिक विकासमा प्राप्त सहयोग, जारी विकास परियोजनालगायत आपसी हित र चासोका विषयमा छलफल भएको छलफलमा सहभागी आयोगका सचिव केवलप्रसाद भण्डारीले बताउनुभयो ।
कोभिड–१९ विरुद्धको नेपाल सरकारको खोप अभियानमा सघाउन संयुक्त अधिराज्यले हालै २१ लाख मात्राभन्दा बढी एस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराएको थियो ।
नेपाल र संयुक्त अधिराज्यबीचको कूटनीतिक सम्बन्ध सबैभन्दा पुरानो हो । सन् १८१६ मा नेपाल र ब्रिटिश–भारतको तत्कालीन इष्ट इन्डिया कम्पनी सरकारबीच भएको सुगौली सन्धिसँगै दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
नेपालकी स्वास्थ्यमन्त्री मेहतासँग बेलायती राजदूत फेनको शिष्टाचार भेट
पूर्वविशिष्टको दोहोरो सवारीसुविधामा नेपाल सरकारको निगरानीः विवरण बुझाउन गृहलाई प्रधानमन्त्री कार्यालयको निर्देशन
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बुद्ध जयन्ती मनाउन खेन्पो शेर्पा आइपुगे लन्डन
बेलायतमा गोर्खा पिस फाउन्डेशनले आगामी जुन ७ मा ‘गोर्खा वाक’ आयोजना गर्ने
एनआरएनए यूकेले वंशजको नागरिकता निरन्तरता सुनिश्चित गर्न दबाबमूलक कार्यक्रम अघि बढाउने
बेलायतवासी राईसहित दश विशिष्ट स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान
तमु धीं यूकेका पूर्वअध्यक्ष मेजर लालबहादुर गुरुङको ७६ वर्षको उमेरमा निधन