काठमाडौं । चार देशीय ट्वान्टी २० शृंखलाअन्तर्गतको दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएई)सँग २५ रनले पराजित भएको छ । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।
नेपालका दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए । दीपेन्द्रले पभेलियन फर्किनुअघि ३३ बलमा पाँच चौका प्रहार गरे । यसैगरि ओपनर आशिफ शेखले २९ बलमा चार चौका र एक छक्कासहित ३४ रन बनाए । पहिलो विकेटका लागि आशिफले ज्ञानेन्द्रसँग ६ ओभरमा ५३ रनको साझेदारी गर्दै सुरुवातलाई राम्रो बनाए पनि नेपालले त्यही लयलाई अन्तिमसम्म निरन्तरता दिन सकेन् ।
ज्ञानेन्द्रले १९ बलमा दुई चौका र एक छक्कासहित २२ रन बनाए । यसबाहेक, राष्ट्रिय टोलीबाट ‘डेब्यु’ गरेका लोकेश बम ३३ रन बनाई आउट हुँदा सरद भेषावकर १० रनमा अविजित रहे । लोकेशले २१ बलमा समान दुई चौका र छक्का प्रहार गरे । युएईका कासिफ दाउद र रोहन मुस्तफाले दुई विकेट लिँदा जुनैद सिद्दिकले एक विकेट हात पारे ।
यसअघि टस हारेर ब्याटिङमा आएको युएईले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर एक सय ९२ रनको योगफल खडा गरेको थियो । युएईका ओपनर सुरीले अविजित सर्वाधिक ८४ रन बनाए । सुरीले ५३ बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । यस्तै, तेस्रो नम्बरमा ब्याटिङका लागि आएका रोहन मुस्तफाले ३५ बलमा पाँच चौका र तीन छक्कासहित ४९ रन बनाए । सुरी र मुस्तफाले तेस्रो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए ।
यसबाहेक युएईका मुहम्मद वसिमले २२, र वसिल हमेदले १७ रन र मोहम्मद बुटाले १४ जोडे । नेपालका कप्तान सन्दीप लामिछाने, साहब आलम र आरिफ शेखले समान एक विकेट लिए ।
यसअघि नेपालले शृंखलाको पहिलो खेलमा आयोजक ओमानलाई ६ विकेटले पराजित गरेको थियो । शृंखलामा युएईको भने यो पहिलो खेल हो ।
नेपालले शृंखलाको अन्तिम खेलमा सोमबार आयरल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ । शृंखलाअन्तर्गत शनिबारै हुने अर्को खेलमा ओमानले आयरल्यान्डको सामान गर्दैछ ।
नेपालका परराष्ट्रमन्त्री खनालसँग एनआरएनए प्रतिनिधिमण्डलको भेट, नागरिकता निरन्तरताको माग
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने
प्रतिनिधिसभाको सभामुखमा रास्वपा उपसभापति डोलप्रसाद अर्यालको उम्मेदवारी दर्ता
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णयमा नेपाल पत्रकार महासङ्घको आपत्ति
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउ
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
पूर्वप्रधानमन्त्री ओली पक्राउको विरोधमा एमालेद्वारा विरोधका कार्यक्रम घोषणा [विज्ञप्तिसहित]