लण्डन । आफ्ना महिना सहकर्मीमाथि यौन दुर्ब्यवहारको आरोप लागेको गोरखा सैनिकले सफाइ पाएका छन् ।
फष्ट बटालियन रोयल गोरखा राइफल्सका सैनिक सुजन गुरुङमाथि सहकर्मी महिला सैनिकले यौन दुर्ब्यवहारको आरोप लगाएकोमा बुलफोर्ड मिलिटरी कोर्टले शुक्रबार गुरुङलाई निर्दोष ठहर गरेको छ ।
तीन दिनको बहसपछि न्यायाधीश जेन इङल्याण्डले फैसला सुनाउँदै गुरुङ निर्दोष रहेको बताइन् । ‘सिपाहीँ गुरुङ, तिमी धेरै मातेका थियौ र तिमीले के गर्यौ थाहा पाएनौँ । म आशा गर्छु, यो तिम्रो लागि एउटा पाठ भयो । तिमी मातेर अरुको कोठामा खासगरी महिलाको कोठामा जान पाउँदैनौ’, न्यायाधीश इङ्ल्याण्डको भनाइ उद्धृत गर्दै डेली मेलले लेखेको छ ।
गुरुङमाथि उनका सहकर्मी महिलाले स्याण्डहर्स्ट सैनिक विद्यालयमा अँध्यारोमा चुम्बन गरेको, शरीरमा छोएको आरोप लगाएकी थिइन् । उनले यसअघि उनीसित यौन सम्बन्ध भएका अर्का गोरखा सैनिकको जस्तो अभिनय गरी गुरुङले फाइदा लिन खोजेको बताएकी थिइन् । सो घटना भएको भोलिपल्ट बिहान बियर पिएर उनी गोरखा सैनिकहरु बसेको कोठाकोठामा गई अघिल्लो रात आफ्नो कोठामा आउने को हो भन्दै खोजी गर्न पुगेकी थिइन् ।
गुरुङले भने त्यो दिन आफू मातेकोले केही सम्झन नसकेको दाबी गरेका थिए । उनले ती महिला सहकर्मीसित एउटै ओछ्यानमा बसेको र एक हातमा कफी लिएर हात हल्लाउँदै कुराकानी गरेको बताएका थिए ।’तिमीले ती महिला सहकर्मीलाई चुम्बन गर्यौ ? उनको शरीमा छोयौ’ भन्ने प्रश्नमा उनले चुम्बन गरेकी सम्झना नभएको र कुराकानीका क्रममा हात हल्लाउँदा उनको स्तनमा छोएको हुनसक्ने बताएका थिए ।
गुरुङका वकिलले महिला सैनिकले सो दिन पछिका आफ्ना कर्तुत ढाकछोप गर्न घटनालाई बढाइचढाइ गरेको जिकिर गरेका थिए ।
सन् २०१७ मा गोरखा सैन्यामा भर्ती भएका विवाहित गोरखा सैनिक गुरुङले अफगानिस्तानमा पनि सेवा गरिसकेका छन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा