लण्डन । आफ्ना महिना सहकर्मीमाथि यौन दुर्ब्यवहारको आरोप लागेको गोरखा सैनिकले सफाइ पाएका छन् ।
फष्ट बटालियन रोयल गोरखा राइफल्सका सैनिक सुजन गुरुङमाथि सहकर्मी महिला सैनिकले यौन दुर्ब्यवहारको आरोप लगाएकोमा बुलफोर्ड मिलिटरी कोर्टले शुक्रबार गुरुङलाई निर्दोष ठहर गरेको छ ।
तीन दिनको बहसपछि न्यायाधीश जेन इङल्याण्डले फैसला सुनाउँदै गुरुङ निर्दोष रहेको बताइन् । ‘सिपाहीँ गुरुङ, तिमी धेरै मातेका थियौ र तिमीले के गर्यौ थाहा पाएनौँ । म आशा गर्छु, यो तिम्रो लागि एउटा पाठ भयो । तिमी मातेर अरुको कोठामा खासगरी महिलाको कोठामा जान पाउँदैनौ’, न्यायाधीश इङ्ल्याण्डको भनाइ उद्धृत गर्दै डेली मेलले लेखेको छ ।
गुरुङमाथि उनका सहकर्मी महिलाले स्याण्डहर्स्ट सैनिक विद्यालयमा अँध्यारोमा चुम्बन गरेको, शरीरमा छोएको आरोप लगाएकी थिइन् । उनले यसअघि उनीसित यौन सम्बन्ध भएका अर्का गोरखा सैनिकको जस्तो अभिनय गरी गुरुङले फाइदा लिन खोजेको बताएकी थिइन् । सो घटना भएको भोलिपल्ट बिहान बियर पिएर उनी गोरखा सैनिकहरु बसेको कोठाकोठामा गई अघिल्लो रात आफ्नो कोठामा आउने को हो भन्दै खोजी गर्न पुगेकी थिइन् ।
गुरुङले भने त्यो दिन आफू मातेकोले केही सम्झन नसकेको दाबी गरेका थिए । उनले ती महिला सहकर्मीसित एउटै ओछ्यानमा बसेको र एक हातमा कफी लिएर हात हल्लाउँदै कुराकानी गरेको बताएका थिए ।’तिमीले ती महिला सहकर्मीलाई चुम्बन गर्यौ ? उनको शरीमा छोयौ’ भन्ने प्रश्नमा उनले चुम्बन गरेकी सम्झना नभएको र कुराकानीका क्रममा हात हल्लाउँदा उनको स्तनमा छोएको हुनसक्ने बताएका थिए ।
गुरुङका वकिलले महिला सैनिकले सो दिन पछिका आफ्ना कर्तुत ढाकछोप गर्न घटनालाई बढाइचढाइ गरेको जिकिर गरेका थिए ।
सन् २०१७ मा गोरखा सैन्यामा भर्ती भएका विवाहित गोरखा सैनिक गुरुङले अफगानिस्तानमा पनि सेवा गरिसकेका छन् ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने