लण्डन । जनता समाजवादी पार्टी (जसपा) को बेलायतस्थित भातृ संगठन नेपाली समाज युकेको अध्यक्ष पदमा वर्तमान सहअध्यक्ष बसुन्धरा याक्खा राईले उम्मेदवारी घोषणा गरेकी छिन् ।
राईले एक अपील जारी गर्दै बेलायतमा पार्टीलाई नमुना बनाउनका लागि आफूले उम्मेदवारी दिने बताएकी छिन् । ‘नेपाली समाज युकेलाई युकेमा मात्र होइन जसपाभित्र नै उदाहरणीय बनाउनेछु’ उनले भनिन् ।
समाजको अधिवेसन फेब्रुअरी १३ मा हुँदैछ ।
वीनेपालीसित कुरा गर्दै उनले आफू निर्वाचित भएमा पार्टीको नीति समानुपातिक र समावेशी प्रतिनिधित्वलाई नेपाली समाज युकेभित्र अझै बलियोसँग स्थापित गर्न प्रयास गर्ने प्रतिवद्धता व्यक्त गरिन् । समाजभित्र जति समानुपातिक प्रतिनिधित्व र समावेशिता हुनुपर्ने थियो त्यति हुन नसकेको भन्दै उनले अल्पसंख्यक समुदाय र महिलाहरुलाई पार्टीमा गोलबन्द गर्न डट्ने बताइन् ।
पार्टीलाई बेलायतबाट आर्थिक, नैतिक सहयोगका साथै पार्टीले उठाएका कदमहरुमा ऐक्यवद्धता जनाउने उनको योजना छ । ‘प्रवासको शक्ति र महत्व नेपालका राजनीतिक पार्टीहरुलाई कति छ भन्ने नेपालका राजनीतिक पार्टीहरुले भर्खर थाहा पाउन थालेका छन्’ उनले भनिन् ।
बेलायतमा रहेका नेपालीहरु खासगरी आवाजविहीनहरु, पिछडिएका वर्ग र समुदायहरुको लागि आफूले आवाज उठाउने उनले बताइन् । ‘सक्षमहरुले त आफैँ बोल्न सकिहाल्छन् नि’ उनले थपिन् ।
सन् २०१२ मा स्थापना भएको तत्कालिन संघीय समाजको संस्थापक सदस्य रहेकी राई यसअघि सोही समाजको दुई कार्यकाल उपाध्यक्ष पनि रहिसकेकी छिन् । ‘नेपाली समाजमा सधैँ पछाडी बसेर सहयोग गर्न मात्र होइन नेतृत्व लिन पनि महिलाहरु सक्षम छन् भन्ने प्रमाणित गर्न पनि मैले उम्मेदवारी दिने निर्णय गरेकी हुँ’ उनले भनिन् ।
संखुवासभा जिल्ला चैनपुर नगरपालिका-८ चापाभैमा जन्मिएकी राई विद्यालय जीवनदेखि नै राजनीतिक गतिविधिमा सक्रिय थिइन । अनेरास्ववियुमार्फत राजनीतिमा होमिएकी राई २०३६ सालको झापा आन्दोलनमा पनि लागेकी थिइन् ।
वि.सं २०४२ सालमा मादी माध्यमिक विद्यालय मादीबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरे लगत्तै गोर्खा सैनिक खगेन्द्र याक्खा राईसँगको वैवाहिक बन्धनमा बाँधी उनी हङकङतर्फ प्रस्थान गरिन् । विदेशको नयाँ अनुभव बटुल्दै स्वदेश फर्किएपछि उनले उच्च शिक्षालाई अघि बढाइन् र पद्मकन्या क्याम्पस बागबजारबाट वि.सं. २०५१ सालमा प्रमाणपत्र तह उत्तीर्ण गरिन् ।
हाल साउथ ह्यारो लन्डनमा बसोबास गर्दै आएकी राई नेपाल तथा बेलायतका विभिन्न सामाजिक संघसस्थामा संलग्न छिन्। उनी किरात याक्खा छुम्मा, गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), नेपाल आदिवासी जनजाति महासङ्घ, गैरआवासीय नेपाली सघ युकेमा कार्यसमितिमा रहेर काम गरिसकेकी छिन् । यस्तै, संखुवासभा समाज युकेको अध्यक्ष, नेपाली महिला युकेको वर्तमान अध्यक्ष रहेकी छिन्।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’