जनकपुरधाम । प्रदेश नम्बर २ ले आज आफ्नो नाम र राजधानीको टुंगो लगाएको छ ।
प्रदेश २ को सोमबार बसेको प्रदेशसभाको बैठकले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधामलाई बहुमतले पारित गरेको छ । प्रदेश २ को नाम ‘मधेश’ प्रदेश राख्नु पर्ने प्रस्तावको पक्षमा ८० मत प्राप्त भएपछि मधेश प्रदेश बहुमतले पारित भएको छ ।
आजको बैठकमा प्रदेशसभा सदस्यहरु शैलेन्द्र साह, शैलेन्द्र यादव र भरतप्रसाद साहले प्रदेशको नाम मधेश प्रदेश हुनुपर्ने प्रस्ताव गरेपछि भएको मतदानमा मधेश प्रदेशको पक्षमा ८० र विपक्षमा १९ मत परेको थियो ।
त्यसैगरी, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको तर्फबाट प्रदेश सभा सदस्य परमेश्वर साहले राजधानी जनकपुरधाम राख्न गरेको प्रस्तावमाथि भएको मतदानमा राजधानी जनकपुरको पक्षमा ७८ मत परेपछि दुइतिहाई बहुमतले राजधानी जनकपुरधाम कायम गरिएको हो । उक्त प्रस्तावको विपक्षमा २१ मत परेको थियो ।
राजधानी जनकपुरधाम हुनुपर्ने प्रस्तावमाथि प्रदेश सभामा उपस्थित ९९ जना प्रदेशसभा सदस्यले भाग लिनुभएको थियो । राजधानी जनकपुरधामको पक्षमा दुईतिहाइ बहुमत प्राप्त भएपछि अन्य प्रस्तावहरु अस्वीकृत भएको घोषणा प्रदेश सभाका सभामुख सरोज यादवले गर्नुभयो ।
प्रदेशसभा सदस्यहरु परमेश्वर साह, रवीन्द्र बैठा, उपेन्द्रप्रसाद कुसवाहा, शारदादेवी थापा र भरतप्रसाद साहले प्रदेश २ को राजधानी जनकपुरधाम र त्यसको सिमाना पूर्वमा पूर्व–पश्चिम महेन्द्र राजमार्गदेखि कमला नदी किनार, दक्षिणमा नेपालको भारत सम्मको सिमाना, पश्चिममा परिक्रमा सडक र उतरमा धनुषाको ढल्केबर रहने गरी प्रस्ताव गर्नुभएको थियो ।
नेपालमा रहेका सात प्रदेशहरुमध्ये अब प्रदेश नम्बर एकले मात्र नामकरण गर्न बाँकी छ ।
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
भियतनाममा भीषण बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ