लण्डन । पूर्व गोरखा सैनिक कमल गुरुङले लण्डन बोरो अफ बार्नेटमा काउन्सिलरको टिकट पाएका छन् ।
यही मे महिनामा हुने बेलायतको स्थानीय चुनावमा उनले स्थानीय ब्रन्टोक वडामा लेबोर पार्टीका तर्फबाट सो टिकट पाएका हुन् ।
उनी करिब डेढ दशकदेखि लेबोर पार्टीमा आवद्ध छन् ।
उनले टिकट पाएको वडा लेबोर पार्टीको सुरक्षित वडा मानिन्छ ।
तमु समाज युकेमार्फत बेलायतको नेपाली समुदायिक सेवामा पनि सक्रिय गुरुङले आर्मीबाट अवकास पाएपछि अध्ययनलाई अगाडी बढाएका छन् । उनले बर्वेक कलेज, युनिभर्सिटी अफ लण्डनबाट राजनीति शास्त्रमा स्नातकोत्तर पनि गरेका छन् ।
तमु समाज युकेले उनलाई निर्वाचनमा सफलताका लागि शुभकामना व्यक्त गरेको छ ।
गुरुङले भने अहिले पार्टीभित्र मिडियामा कसरी प्रस्तुत हुने बारेमा छलफल भइरहेकाले त्यसपछि मात्र विस्तृतमा जानकारी दिने बताए ।
बेलायतको स्थानीय राजनीतिमा नेपाली मूलका मानिसहरुको संलग्नता क्रमश बढ्दै छ ।
गुरुङले टिकट पाएको बार्नेट काउन्सिलमा उपमेयर समेत नेपाली मूलका लक्ष्यबहादुर गुरुङ छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’