लण्डन । पूर्व गोरखा सैनिक कमल गुरुङले लण्डन बोरो अफ बार्नेटमा काउन्सिलरको टिकट पाएका छन् ।
यही मे महिनामा हुने बेलायतको स्थानीय चुनावमा उनले स्थानीय ब्रन्टोक वडामा लेबोर पार्टीका तर्फबाट सो टिकट पाएका हुन् ।
उनी करिब डेढ दशकदेखि लेबोर पार्टीमा आवद्ध छन् ।
उनले टिकट पाएको वडा लेबोर पार्टीको सुरक्षित वडा मानिन्छ ।
तमु समाज युकेमार्फत बेलायतको नेपाली समुदायिक सेवामा पनि सक्रिय गुरुङले आर्मीबाट अवकास पाएपछि अध्ययनलाई अगाडी बढाएका छन् । उनले बर्वेक कलेज, युनिभर्सिटी अफ लण्डनबाट राजनीति शास्त्रमा स्नातकोत्तर पनि गरेका छन् ।
तमु समाज युकेले उनलाई निर्वाचनमा सफलताका लागि शुभकामना व्यक्त गरेको छ ।
गुरुङले भने अहिले पार्टीभित्र मिडियामा कसरी प्रस्तुत हुने बारेमा छलफल भइरहेकाले त्यसपछि मात्र विस्तृतमा जानकारी दिने बताए ।
बेलायतको स्थानीय राजनीतिमा नेपाली मूलका मानिसहरुको संलग्नता क्रमश बढ्दै छ ।
गुरुङले टिकट पाएको बार्नेट काउन्सिलमा उपमेयर समेत नेपाली मूलका लक्ष्यबहादुर गुरुङ छन् ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण