लण्डन । कोभिडको पछिल्लो भेरियन्टको संक्रमणलाई नियन्त्रण गर्न इङल्याण्डमा आजदेखि कोभिड टेष्ट गर्दा नेगेटिभ भेटिएकालाई मात्र प्रवेश गर्न दिन शुरु गरिएको छ ।
आज बिहान ४ बजेदेखि शुरु भएको नयाँ नियमअनुसार इङल्याण्ड आउन चाहने यात्रुले ४८ घण्टाभित्र कोभिड टेष्ट गर्दा कोभिड संक्रमित नभएको प्रमाण पेश गर्नुपर्नेछ ।
यसरी टेष्ट गर्दा पहिले जस्तो पीसीआर मात्र गर्नपर्ने भने छैन । इङल्याण्डले न्यूक्लेइक टेष्ट, एलएएमपी टेष्ट, एन्टीजेन टेष्टलाई पनि मान्यता दिएको छ । जसमा ल्याटरल फ्लो टेष्टसमेत पर्दछ ।
हालसालै कोभिड संक्रमण भएका तर अहिले संक्रामक अवस्थामा नरहेकाहरुलाई ल्याटरल फ्लो टेष्ट गर्न सुझाव दिइएको छ ।
यसरी गरिएको टेष्टको प्रमाण कागज वा डिजिटल दुवै मान्य हुने बताइएको छ तर त्यो अंग्रेजी, फ्रेन्च वा स्पेनिस भाषामा मात्र हुनु पर्नेछ । अनुवादलाई भने मान्यता नदिइने बताइएको छ ।
टेष्ट प्रमाण पत्रमा यात्रुको नाम राहदानीसित मिलेको हुनुपर्नेछ भने जन्म मिति, टेष्टको रिजल्ट, टेष्ट गरेको मिति र टेष्ट गर्ने निकायको नाम, सम्पर्क नम्बर, टेष्ट गर्न अपनाइएको तरिका उल्लेख भएको हुनु पर्नेछ ।
कोभिड नेगेटिभ भएको प्रमाण पेश गर्न नसकेमा त्यस्ता यात्रुलाई ५०० पाउण्ड जरिवाना गर्न हुनसक्नेछ ।
यस्तो टेष्ट ११ वर्ष मुनिकाले भने गर्नु पर्ने छैन । यस्तै जरुरी उपचारका लागि इङल्याण्ड आउनेले पनि यस्तो टेष्ट गर्न पर्ने छैन ।
यस्तै आयरल्याण्ड, उत्तरी आयरल्याण्ड, स्कटल्याण्ड, वेल्स, द आइल अफ म्यान, जर्सी, इथियोपिया, फकल्याण्ड र सेन्ट हेलेनाबाट इङल्याण्ड आउँदा पनि यस्तो टेष्ट गर्न पर्नेछैन ।
यसरी इङल्याण्ड आएका यात्रुले इङल्याण्ड आइपुगेकाे दुई दिन पछि गरिने पीसीआर टेष्ट पनि अग्रीम बुक गर्नुपर्नेछ । रेड लिष्टबाट इङल्याण्ड आइपुगेकाहरुले होटल क्वारेन्टाइनसमेत बुक गर्नुपर्नेछ । इङल्याण्डले ११ वटा मुलुहरुलाई रेड लिष्टमा राखेको छ तर अन्य सूचीमा रहेका मुलुकहरुबाट इङल्याण्ड आउनेले भने आफ्नै घरमा दोस्रो दिनको टेष्ट गराउन सक्नेछन् ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने