लण्डन । इङ्ल्याण्डबाट आजबाट फेरि मास्क लगाउनु पर्ने भएको छ ।
कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले इङल्याण्डका विभिन्न स्थानहरुमा मास्क लगाउनु पर्ने नियम बनाएको छ । सो नियम आज बिहान ४ बजेदेखि लागू भएको छ ।
सरकारका अनुसार यसरी मास्क लगाउनु पर्ने स्थानहरुमा पसलहरु, सुपरस्टोरहरु, सपिङ सेन्टरहरु, अक्सन हाउसहरु, पोष्ट अफिस, बैँक, बिल्डिङ सोसाइटी, क्रेडिट युनियनहरु, छोटो समयका लागि ऋण प्रवाह गर्ने संस्थाहरु, वचत गर्ने संस्थाहरु रहेका छन् । यस्तै स्टेट एजेन्ट, लेटिङ एजेन्ट, बार्बर, ब्यूटी सैलुन, ट्याटू पार्लर, मसाज केन्द्र, नेल सैलुन आदिमा जाँदा मास्क अनिवार्य लगाउनु पर्नेछ ।
मास्क लगाउनै पर्ने अन्य स्थानहरुमा ओखती पसलहरु, पशुलाई उपचार गर्ने स्थानहरु, ग्यालरीहरु, ट्राभल एजेन्टको कार्यालय, पर्याप्त खुला ठाउँ नभएका खाना वा पेय पदार्थ घर लैजाने स्थानहरु रहेका छन् । यसैगरी, सार्वजनिक सवारीसाधनहरु जस्तै हवाइजहाज, रेल, ट्राम, बस, ट्याक्सी, भाडाका ट्याक्सीमा चढ्दा पनि मास्क लगाउनु पर्नेछ ।
कार, भ्यान वा ठूला ट्रकहरु चलाउन सिक्दा वा ती साधनहरु चलाउनका लागि दिइने जाँच आदिमा पनि मास्क लगाउनु पर्नेछ ।
सरकारले मास्क लगाएको नलगाएको अनुगमन गर्ने र नलगाएको पाइएमा पहिलोपटक २०० पाउण्ड जरिवाना गर्न सक्नेछ । पटकपटक नियम उल्लंघन गरेमा सो जरिवाना बढीमा ६ हजार ४०० पाउण्डसम्म पुग्न सक्ने छ । तर विभिन्न स्वास्थ्यका कारणले मास्क नलाउँदा भने जरिवाना तिर्न पर्ने छैन।
इङल्याण्डमा यसअघि पनि मास्क लगाउन पर्ने नियम लागू भएको थियो जुन जुलाई १९ सम्म कायम थियो।
सरल छविका थिए प्रशान्त तामाङ
नेपालमा एक वर्षमा प्रेस स्वतन्त्रता हननका १२१ घटना
इरानमा चर्किँदै सरकारविरोधी प्रदर्शन, मृतक सङ्ख्या ५४४ पुग्यो
पूर्व गोर्खा सैनिक हरिबहादुर बुढामगरद्वारा कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
झापाली समाज यूकेमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा टंक भट्टराई
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
साझा नेपाली समाज यूकेको अध्यक्षमा नारायण फुँयाल चयन
थारु कल्याणकारिणी सभा यूकेले दोस्रो माघी महोत्सव मनाउने
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
प्रतिवेदन भन्छ – ‘करीव ७० लाख अष्ट्रेलियालीहरू घातक जङ्गली आगोको जोखिममा रहेको क्षेत्रमा बस्छन्’