लण्डन । कोभिडको नयाँ भेरियन्ट बेलायतमा पनि भेटिएपछि नियमहरु परिवर्तन गरी कडाइ गरिएको छ ।
बेलायतको चेम्सफोर्ड र नट्टिङघममा नयाँ भेरियन्ट फेला परेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार साँझ पत्रकार सम्मेलन गरी भाइरस नियन्त्रणका लागि नयाँ नियमहरु जारी गरेका हुन् ।
उनले बेलायत आइपुग्ने सबै यात्रुहरुले आइपुगेको दोस्रो दिन पीसीआर टेष्ट गर्न पर्नेछ । यदि उनीहरुमा पोजिटिभ भेटिएमा नेगेटिभ रिजल्ट नआएसम्म आइसोलेसनमा बस्न पर्ने छ ।
यस्तै, नयाँ भाइरसको शंका गरिएका व्यक्तिहरुले पूरै भ्याक्सिन लगाए पनि १० दिनसम्म सेल्फ आइसोलेसनमा बस्न पर्नेछ । एनएचएसको टेष्ट एण्ड ट्रयासले उनीहरुलाई नियमित निगरानीमा राख्नेछ ।
यसैगरी, अर्को सातादेखि सार्वजनिक यातायात र पसलहरुमा मास्क लगाउन अनिवार्य गरिएको छ तर पव तथा रेष्टुराँहरुमा भने लगाउनु पर्ने छैन ।
यस्तै, बेलायतको ज्वाइन्ट कमिटी अन भ्याक्सिनेसन एण्ड इम्युनाइजेसन (जेसीभीआइ) ले दोस्रो खोप र बुस्टर डोज लगाउने समयावधि तथा कम उमेरकालाई पनि बुस्टर खोप दिने बारे निर्णय गर्ने बताइएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न