लण्डन । कोभिडको नयाँ भेरियन्ट बेलायतमा पनि भेटिएपछि नियमहरु परिवर्तन गरी कडाइ गरिएको छ ।
बेलायतको चेम्सफोर्ड र नट्टिङघममा नयाँ भेरियन्ट फेला परेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले शनिबार साँझ पत्रकार सम्मेलन गरी भाइरस नियन्त्रणका लागि नयाँ नियमहरु जारी गरेका हुन् ।
उनले बेलायत आइपुग्ने सबै यात्रुहरुले आइपुगेको दोस्रो दिन पीसीआर टेष्ट गर्न पर्नेछ । यदि उनीहरुमा पोजिटिभ भेटिएमा नेगेटिभ रिजल्ट नआएसम्म आइसोलेसनमा बस्न पर्ने छ ।
यस्तै, नयाँ भाइरसको शंका गरिएका व्यक्तिहरुले पूरै भ्याक्सिन लगाए पनि १० दिनसम्म सेल्फ आइसोलेसनमा बस्न पर्नेछ । एनएचएसको टेष्ट एण्ड ट्रयासले उनीहरुलाई नियमित निगरानीमा राख्नेछ ।
यसैगरी, अर्को सातादेखि सार्वजनिक यातायात र पसलहरुमा मास्क लगाउन अनिवार्य गरिएको छ तर पव तथा रेष्टुराँहरुमा भने लगाउनु पर्ने छैन ।
यस्तै, बेलायतको ज्वाइन्ट कमिटी अन भ्याक्सिनेसन एण्ड इम्युनाइजेसन (जेसीभीआइ) ले दोस्रो खोप र बुस्टर डोज लगाउने समयावधि तथा कम उमेरकालाई पनि बुस्टर खोप दिने बारे निर्णय गर्ने बताइएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’