लण्डन । बेलायतमा सन्चालित नेपलिज कोअपरेटिभ इन्भेष्टमेण्ट (एनसिआइ) ले आफ्ना शेयर सदस्यहरुलाई लाभांश वितरण गरेको छ ।
एनसिआईको गत आइतबार सम्पन्न सातौँ साधारण सभाले आफ्ना शेयर सदस्यहरुलाई सन् २०२० को लागि लाभांश दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार शुक्रबार सदस्यहरुलाई लाभांश वितरण गरिएको अध्यक्ष मोहन गुरुङले जानकारी दिनुभयो ।
अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भएको साधारण सभाको सन्चालन सचिव मुकुन्द बाँस्तोलाले गर्नुभएको थियो भने कोषाध्यक्ष एलएन पाण्डेले संस्थाको हरहिसाब पेश गर्नुभएको थियो ।
एनसिआईले हरेक वर्ष आफ्ना शेयर सदस्यहरुलाई लाभांश वितरण गर्ने गरेको छ । कोभिड १९को विश्वव्यापी महामारीको बाबजुद एनसिआईले नाफा आर्जन गरिरहेको छ ।
एनसिआईले बेलायतमा प्रोपर्टीमा लगानी गरेको छ भने नेपालमा सोलार फार्म र एग्रो फर्ममा लगानी गरेको छ ।
एनसिआई सन् २०१४ मा स्थापना भएको हो । यसका बोर्ड सदस्यहरुमा अध्यक्ष मोहन गुरुङ, सचिव डा मुकुन्द बाँस्तोला, कोषाध्यक्ष एलएन पाण्डे, सदस्यहरुमा तिलक भट्टराई, सुशील प्रजापति र टीकाराम सापकोटा रहेका छन् ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने