लण्डन । बेलायतमा सन्चालित नेपलिज कोअपरेटिभ इन्भेष्टमेण्ट (एनसिआइ) ले आफ्ना शेयर सदस्यहरुलाई लाभांश वितरण गरेको छ ।
एनसिआईको गत आइतबार सम्पन्न सातौँ साधारण सभाले आफ्ना शेयर सदस्यहरुलाई सन् २०२० को लागि लाभांश दिने निर्णय गरेको थियो । सो निर्णयअनुसार शुक्रबार सदस्यहरुलाई लाभांश वितरण गरिएको अध्यक्ष मोहन गुरुङले जानकारी दिनुभयो ।
अध्यक्ष मोहन गुरुङको अध्यक्षतामा भएको साधारण सभाको सन्चालन सचिव मुकुन्द बाँस्तोलाले गर्नुभएको थियो भने कोषाध्यक्ष एलएन पाण्डेले संस्थाको हरहिसाब पेश गर्नुभएको थियो ।
एनसिआईले हरेक वर्ष आफ्ना शेयर सदस्यहरुलाई लाभांश वितरण गर्ने गरेको छ । कोभिड १९को विश्वव्यापी महामारीको बाबजुद एनसिआईले नाफा आर्जन गरिरहेको छ ।
एनसिआईले बेलायतमा प्रोपर्टीमा लगानी गरेको छ भने नेपालमा सोलार फार्म र एग्रो फर्ममा लगानी गरेको छ ।
एनसिआई सन् २०१४ मा स्थापना भएको हो । यसका बोर्ड सदस्यहरुमा अध्यक्ष मोहन गुरुङ, सचिव डा मुकुन्द बाँस्तोला, कोषाध्यक्ष एलएन पाण्डे, सदस्यहरुमा तिलक भट्टराई, सुशील प्रजापति र टीकाराम सापकोटा रहेका छन् ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’