लण्डन । युरोपमा जाडो याम बढ्दै जाँदा कोरोना भाइरस संक्रमणको संख्या बढ्दै गएको छ भने विभिन्न मुलुकहरुले कोभिड संक्रमणलाई नियन्त्रण गर्नका लागि विभिन्न प्रावधानहरु लागू गर्न थालेका छन् ।
बिहीबार मात्र जर्मनीमा ६५ हजार ३७१ जना संक्रमित भेटिएका छन् भने बेलायतमा ४६ हजार ८०७ जना संक्रमित फेला परेका छन् ।
जर्मनीमा आजै पत्रकार सम्मेलन गर्दै चान्सलर एन्जेला मर्केलले भनेकी छिन्, ”हामीहरु गम्भीर संकटतर्फ गइरहेका छौँ । यदि हामीले कोभिड नियन्त्रण गर्न कुनै उपाय नअपनाउने हो भने सबैभन्दा नराम्रो क्रिसमस हुनेछ ।”
जर्मनीमा क्लव, बार, ठूला कार्यक्रमहरुमा नियन्त्रण गर्नका लागि छलफल भएको छ भने सिनेमा, रेष्टुरेन्ट र बारहरुमा खोप नलाएका मानिसहरुलाई प्रवेशमा नियन्त्रण गर्न शुरु गरिएको छ ।
उता बेल्जियममा मास्क लगाउन अनिवार्य गरिएको छ भने सातामा चार दिन मात्र काम गर्न थालिएको छ । मानिसहरुले कफी पसल, रेष्टुरेन्ट र नाइट क्लवमा प्रवेश गर्न खोप लगाएको प्रमाणको साथै कोभिड जाँचमा नेगेटिभ आएको देखाउनु पर्ने भएको छ ।
उता नेदरल्याण्डसमा पनि गत सातादेखि नै आंशिक लकडाउन गर्न शुरु गरिसकिएको छ भने विद्यालय पनि आंशिक बन्द गरिएको छ । खोप नलगाएका मानिसहरुलाई घरभित्र हुने कार्यक्रमहरुमा प्रवेश नदिने प्रस्ताव त्यहाँको सरकारले ल्याएको छ ।
उता चेक रिपब्लिक र ग्रीसमा पनि सोमबारदेखि खोप नलगाएका मानिसहरुलाई रेस्टुरेन्ट, सिनेामा र जिमहरुमा प्रवेश निषेध गरिएको छ ।
स्वीडेनमा खोप लगाएका मानिसहरुलाई मात्र घरभित्र हुने कार्यक्रमहरुमा प्रवेश दिन थालिएको छ भने त्यस्ता कार्यक्रमहरुमा बढीमा १०० जना मात्र सहभागी हुन पाउने नियम बनाइएको छ ।
स्लोभाकियामा खोप नलगाएका मानिसहरुलाई सोमबारदेखि लकडाउन लागू गरिएको छ । पछिल्ला ६ महिनामा कोभिड संक्रमण भएका र पूरा डोज खोप लगाएकालाई मात्र रेस्टुराँ, सपिङ मल र सार्वजनिक कार्यक्रममा जान पाउने नियम बनाइएको छ ।
अष्ट्रियामा पनि खोप नलगाएका मानिसहरुलाई लकडाउन लागू गरिएको छ ।
नेपालमय बन्यो सान् फ्रान्सिस्को [तस्बिरहरु]
एनआरएनएले भन्यो – ‘नेपाल सरकारको नीति तथा कार्यक्रम स्वागतयोग्य’
तमु धीं यूकेले गर्यो गोर्खा कपमा मुख्य विधातर्फ ४० टिम पुर्याउने घोषणा, टिम दर्ताको समय मे १६ सम्म
नेपाल सरकारको नीति तथा कार्यक्रमः गैरआवासीय नेपालीको सहभागिता विस्तार गरिने
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
विदेशमा रहेका ३६ नेपाली चिकित्सकको लाइसेन्स खारेजीको निर्णयप्रति गम्भीर ध्यानाकर्षण : एनआरएनए
सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी अध्यादेशमाथि नेफिनको गम्भीर ध्यानाकर्षण
बेलायतको स्थानीय चुनाव : कसले मार्ला बाजी ?
नेपालको प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस