लण्डन । लिभरपुलमा अस्पतालको परिसरबाहिर ट्याक्सी विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
लिभरपुल वुमन्स अस्पताल बाहिर आइतबार बिहान करिब ११ बजे ट्याक्सी विस्फोट भएको थियो ।
मृतक सो ट्याक्सीको यात्रु रहेको बताइएको छ तर आइतबार साँझसम्म उनको नाम खुलाइएको छैन । सोही ट्याक्सीका चालक घाइते भएका छन् उनको अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त भएको बताइएको छ ।
प्रतिआतङ्कवाद प्रहरीले सो घटनामा संलग्न भएको आशंकामा तीन जनालाई लिभरपुलबाट नियन्त्रणमा लिएको छ । यसरी पक्राउ पर्नेहरुमा २९, २६ र २१ वर्षका पुरुषहरु रहेको बताइएको छ ।
प्रहरीले सो घटना आतङ्कवादसित जोडिएको हो कि होइन भन्ने आइतबार साँझसम्म निर्क्यौल गरिसकेको छैन।
विष्फोट निक्कै ठूलो सुनिएको स्थानीयबासीले बताएका छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, गृह मन्त्री प्रीति पटेल, लिभरपुलका मेयर जोआन एण्डरसन लगायतले सो घटनाको निन्दा गरेका छन् भने प्रहरीले स्थानीयबासीलाई सतर्क रहन अपील गरेको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’