लण्डन । लिभरपुलमा अस्पतालको परिसरबाहिर ट्याक्सी विष्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।
लिभरपुल वुमन्स अस्पताल बाहिर आइतबार बिहान करिब ११ बजे ट्याक्सी विस्फोट भएको थियो ।
मृतक सो ट्याक्सीको यात्रु रहेको बताइएको छ तर आइतबार साँझसम्म उनको नाम खुलाइएको छैन । सोही ट्याक्सीका चालक घाइते भएका छन् उनको अस्पतालमा उपचार भइरहेको र उनको अवस्था खतरामुक्त भएको बताइएको छ ।
प्रतिआतङ्कवाद प्रहरीले सो घटनामा संलग्न भएको आशंकामा तीन जनालाई लिभरपुलबाट नियन्त्रणमा लिएको छ । यसरी पक्राउ पर्नेहरुमा २९, २६ र २१ वर्षका पुरुषहरु रहेको बताइएको छ ।
प्रहरीले सो घटना आतङ्कवादसित जोडिएको हो कि होइन भन्ने आइतबार साँझसम्म निर्क्यौल गरिसकेको छैन।
विष्फोट निक्कै ठूलो सुनिएको स्थानीयबासीले बताएका छन् ।
बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, गृह मन्त्री प्रीति पटेल, लिभरपुलका मेयर जोआन एण्डरसन लगायतले सो घटनाको निन्दा गरेका छन् भने प्रहरीले स्थानीयबासीलाई सतर्क रहन अपील गरेको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण