लण्डन । इङल्याण्डको स्वास्थ्य सेवा (एनएचएस) मा काम गर्ने अग्रपंक्तिका कर्मचारीहरुले अनिवार्यरुपमा कोरोना खोप लगाउनै पर्ने भएको छ ।
बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले आज यहाँको संसदमा बोल्दै स्वास्थ्य सेवाका कर्मचारीहरुले आगामी अप्रिल १ तारिखभित्रमा कोरोना खोप लगाउनुपर्ने बताएका छन् ।
इङल्याण्डको स्वास्थ्य सेवामा रहेका करिब १ लाख कर्मचारीहरुले कोरोना खोप लगाएका छेनन् । तर स्वास्थ्यका कारण कोरोना खोप लगाउन नमिल्ने कर्मचारीहरुलाई भने यो व्यवस्था लागू हुने छैन । यस्तै बिरामीसित प्रत्यक्ष सम्पर्क गर्न नपर्ने जिम्मेवारीमा रहेका स्वास्थ्य सेवाका कर्मचारीहरुलाई पनि यो निर्णय लागू हुने छैन ।
मन्त्री जाविदले बिरामीहरु, एनएचएसका कर्मचारीहरु र एनएचएस स्वयंलाई सुरक्षित राख्न र बच्न सकिने खतराबाट जोगाउन पनि यो व्यवस्था गर्न परेको प्रष्टिकरण दिएका छन् ।
यसैगरी, यही बिहीबारदेखि इङल्याण्डको केयर क्षेत्रमा काम गर्नेहरुले अनिवार्यरुपमा कोरोना खोप लगाउनु पर्ने छ । यदि स्वास्थ्यका कारण उनीहरुले खोप लगाउन नमिल्ने भए उनीहरुलाई यो प्रावधान लागू हुने छैन । तर बाँकीको हकमा भने कि खोप लगाउने कि जागिर छोड्ने विकल्प मात्र रहने छ ।
सरकारको सो निर्णयपछि कोभिड खोप नलगाएका केयर होमका कर्मचारीहरुको संख्या ८८ हजारबाट ३२ हजारमा झरेको छ ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने