लण्डन । इङल्याण्डको स्वास्थ्य सेवा (एनएचएस) मा काम गर्ने अग्रपंक्तिका कर्मचारीहरुले अनिवार्यरुपमा कोरोना खोप लगाउनै पर्ने भएको छ ।
बेलायतका स्वास्थ्य मन्त्री साजिद जाविदले आज यहाँको संसदमा बोल्दै स्वास्थ्य सेवाका कर्मचारीहरुले आगामी अप्रिल १ तारिखभित्रमा कोरोना खोप लगाउनुपर्ने बताएका छन् ।
इङल्याण्डको स्वास्थ्य सेवामा रहेका करिब १ लाख कर्मचारीहरुले कोरोना खोप लगाएका छेनन् । तर स्वास्थ्यका कारण कोरोना खोप लगाउन नमिल्ने कर्मचारीहरुलाई भने यो व्यवस्था लागू हुने छैन । यस्तै बिरामीसित प्रत्यक्ष सम्पर्क गर्न नपर्ने जिम्मेवारीमा रहेका स्वास्थ्य सेवाका कर्मचारीहरुलाई पनि यो निर्णय लागू हुने छैन ।
मन्त्री जाविदले बिरामीहरु, एनएचएसका कर्मचारीहरु र एनएचएस स्वयंलाई सुरक्षित राख्न र बच्न सकिने खतराबाट जोगाउन पनि यो व्यवस्था गर्न परेको प्रष्टिकरण दिएका छन् ।
यसैगरी, यही बिहीबारदेखि इङल्याण्डको केयर क्षेत्रमा काम गर्नेहरुले अनिवार्यरुपमा कोरोना खोप लगाउनु पर्ने छ । यदि स्वास्थ्यका कारण उनीहरुले खोप लगाउन नमिल्ने भए उनीहरुलाई यो प्रावधान लागू हुने छैन । तर बाँकीको हकमा भने कि खोप लगाउने कि जागिर छोड्ने विकल्प मात्र रहने छ ।
सरकारको सो निर्णयपछि कोभिड खोप नलगाएका केयर होमका कर्मचारीहरुको संख्या ८८ हजारबाट ३२ हजारमा झरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा