लण्डन । बेलायतको अर्थतन्त्र अर्को वर्षसम्ममा कोभिड पूर्वको अवस्थामा फर्कने अनुमान गरिएको छ ।
बेलायतका अर्थमन्त्री ऋषि सुनकले आज बेलायतको संसदमा बजेट प्रस्तुत गर्दै सो आँकलन गरेका हुन् । उनले यो वर्ष बेलायतको अर्थतन्त्र ६.५ प्रतिशत वृद्धि भएको र आगामी वर्ष पनि ६ प्रतिशतले बढ्ने बताएका छन् ।
यस्तै आगामी वर्ष मुद्रा स्फिति ४ प्रतिशत पुग्ने र बेरोजगारी दर ५.२ प्रतिशतसम्म पुग्नसक्ने विश्लेषण गरिएको छ । बेलायतमा यस वर्षको सेप्टेम्बरमा मुद्रा स्फिति ३.१ प्रतिशत रहेको थियो भने यसअघि बेरोजगारी दर अर्को वर्ष ११ प्रतिशत नाघ्ने अनुमान गरिएको थियो ।
सुनकले आगामी अप्रिल १ देखि न्यूनतम ज्याला दर वृद्धि गरिने बताएका छन् । जसअनुसार २३ वर्ष माथिका पूर्णकालिन कर्मचारीका लागि प्रतिघण्टा ९ पाउण्ड ५० पेन्स प्रतिघण्टा बनाइएको छ । अहिले न्यूनतम ज्याला ८ पाउण्ड ९१ पेन्स प्रतिघण्टा रहेको छ ।
यस्तै सार्वजनिक क्षेत्रमा तलव वृद्धिमा यसअघि लगाइएको रोक अब हटाइएको छ ।
बजेटमा बेलायतको स्वास्थ्य सेवाका लागि ४४ बिलियन पाउण्ड वृद्धि गरिएको छ भने ११.५ बिलियन पाउण्ड १ लाख ८० हजार घर निर्माणका लागि छुट्याइएको छ । विभिन्न क्षेत्रमा सार्वजनिक यातायात निर्माणका लागि ६.९ बिलियन पाउण्ड छुट्याइएको छ भने स्वास्थ्य र हेरचाह क्षेत्रमा अनुसन्धान र विकासका लागि १०.९ बिलियन पाउण्ड विनियोजन गरिएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा