लण्डन । आउँदो मे महिनामा बेलायतमा हुने स्थानीय निर्वाचनमा नेपाली मूलका एक महिलाले काउन्सिलरका लागि टिकट हात पारेकी छिन् ।
अल्डरसटमा बसोबासरत श्रीमती सुमन पुनले कञ्जरभेटिभ पार्टीबाट रसमुर बरो काउन्सिलको चेरीउड वडाबाट काउन्सिलरको टिकट पाएकी हुन् ।
लिडरसीप म्यानेजमेण्टमा एमएस्सी गरेकी सुमन सामाजिक कार्यकर्ताका साथै व्यापारमा पनि संलग्न छिन् । उनी मान ट्राभल एण्ड टूर सर्भिसको प्रबन्ध निर्देशक रहेकी छिन् भने विगत सात वर्षदेखि गोरखा सर्भिसेज लाइफ केयर म्यानेजमेण्टको पनि संस्थापक निर्देशक रहेकी छिन् ।
पूर्व गोरखा सैनिककी श्रीमती पुन सन् २०१९ देखि कञ्जरभेटिभ पार्टीमा सक्रियरुपमा आवद्ध भएकी हुन् । उनी सो पार्टीको डाइभरसिटी समूहको उपाध्यक्ष र व्यापार उद्यम समूहकी अध्यक्ष रहेकी छिन् ।
पुन स्थानीय नेपाली समुदायमा सक्रिय र परिचित छिन् । उनकै निर्माणमा केही महिनाअघि युकेका नेपाली कलाकारहरुले देशप्रेमले भरिएको म्यूजिक भिडियो पनि बनाएका थिए ।
रसमुर काउन्सिलमा कञ्जरभेटिभ पार्टीको बहुमत रहँदै आएको छ र सो काउन्सिलमा यसवर्ष पनि कञ्जरभेटिभ पार्टीबाट दुईजना नेपाली मूलका काउन्सिलर चुनिएका छन् ।
बेलायतमा नेपाली मूलका काउन्सिलरहरु थपिँदै गए पनि महिला काउन्सिलरहरुको संख्या भने न्यून छन् । यसअघि स्वान्ली काउन्सिलमा गुल्मीकी लक्ष्मी गैरे काउन्सिलर निर्वाचित भएकी थिइन् भने केही वर्षअघि गिल्फोर्ड काउन्सिलमा लेबोर पार्टीबाट काउन्सिलरको टिकट पाएकी युवा उम्मेदवार आकांक्षा गुरुङले भने विजय हासिल गर्न सकिनन् ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा