लण्डन । तमुधिँ युकेको वार्षिक रात्रिभोज आइतबार अल्डरसटमा सम्पन्न भएको छ ।
अध्यक्ष हितकाजी गुरुङ, आमा समूहकी अध्यक्ष सीता (मंजु) गुरुङ र कार्यक्रमकी प्रमुख अतिथि नेपाली दुताबास लण्डनकी उपनियोग प्रमुख श्रीमती रोशन खनालले द्वीप प्रज्ज्वलन गरी कार्यक्रमको आरम्भ गर्नुभएको थियो ।
कार्यक्रममा तमुधिँ युकेले वर्षेनी प्रदान गर्ने गरेको ‘आदर्श तमु’ अवार्डबाट यस वर्ष पोखरा महानगरपालिका २२, कलबङ घडेरी घर भई हाल रेडिंगमा बसोबासरत श्रीमती यशोधा गुरुङ, पर्बत ठानामौला स्थायी घर भई हाल फार्नबोरोमा बसोबासरत टेक बहादुर गुरुङ,पर्बत चित्रे मूल घर भई हाल अल्डरसट बस्ने धनबहादुर गुरुङ, कास्की धम्पुस हाल पुर्ख्यौली घर भई हाल फार्नबोरो बस्ने सहारा युकेका अध्यक्ष कुमार गुरुङ र पोखरा महानगरपालिका २२ भुम्दी घर भई हाल प्लमस्टिड बस्ने योगेश गुरुङलाई सम्मानित गरियो । उहाँहरुलाई पुष्पगुच्छा, खादा , प्रसंशा पत्रबाट अध्यक्ष हितकाजी गुरुङ, उपनियोग प्रमुख श्रीमती रोशन खनाल, आमा समूहकी अध्यक्ष सीता (मन्जु) गुरुङले प्रदान गर्नुभयो ।
कार्यक्रममा तमुधिँ युकेको स्थापना कालदेखि अहिलेसम्मका गतिबिधिहरु समेटिएको वृतचित्र पनि देखाइएको थियो ।
यसैगरी यस वर्ष तमुधिँ युकेको आजिवन सदस्य बन्नुभएका सदस्यहरुलाई तमुधिँ युकेको लोगो अंकित ब्याज, आजिवन सदस्यता प्रमाण पत्र, खादा र पुष्पगुच्छा पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा आमा समूहबाट राफल ड्र संचालन गरी १ हजार ५९२ पाउण्ड संकलन गरिएको थियो । राफल ड्रको पहिलो पुरस्कार न्यू लक्ष्मी ज्वेलेर्सले प्रायोजन गरेको १ तोलाको सुन आमा समूहकी उपाध्यक्ष सन्ध्या गुरुङले हात परिन् भने आमा समूहले नै नगद तथा १० भन्दा बढी पुरस्कारहरु प्रायोजन गरेको थियो । आमा समूहबाट सिरुबारी दरौ थाप्ले भ्यू टावरको लागि १ हजार १ पाउण्ड सहयोग गरिएको थियो ।
कार्यक्रममा बुद्धिष्ट कम्युनिटी सेन्टर युकेबाट २०० पाउण्ड र बुद्धष्ट गुम्बा रेडिंगबाट ५०१ पाउण्ड तमुधिँ युकेलाई सहयोग हस्तान्तरण गरिएको थियो ।
आमा समूहकी सक्रिय सदस्य लिडिया गुरुङ र तमुधिँ युकेका आजीवन सदस्य लालक़ाज़ी गुरुङको २५ औं वैवाहिक वार्षिकोत्सवको उपलक्ष्यमा २०० पाउण्ड सहयोग गर्नुभएको थियो भने तमुधिँ युकेका सल्लाहकार नन्दकुमारी गुरुङको कविता र घाचोक गाऊँको म्युजिक भिडियोको विमोचन पनि गरिएको थियो ।
कार्यक्रममा अध्यक्ष हितकाजी गुरुङले प्रमुख अतिथि नेपाली दुताबासका उपनियोग प्रमुख रोशन खनाललाई धन्यवाद दिँदै तमुधिँ युकेका सदस्यहरुलाई पनि उपस्थितिका लागि आभार व्यक्त गरे । उनले आदर्श तमु अवार्ड पाउनेहरुलाई बधाई तथा शुभकामना दिँदै कोभिडका कारण मृत्यु हुनुभएका संस्था र ब्यक्तिगत तर्फबाट शोक ब्यक्त गरे ।
चालीसभन्दा बढी संस्थाहरुले रात्रिभोजमा आ-आफ्नो टेबल अग्रिम बुक गरेका थिए । कार्यक्रममा तमुधिँ युकेका संस्थापकहरु र हालको कार्यसमितिको परिचय गराइएको थियो । कार्यक्रममा स्वागत भाषण वरिस्ट उपाध्यक्ष हरि गुरुङले गरेका थिए भने धन्यवाद ज्ञापन कार्यक्रमका संयोजक तथा उपाध्यक्ष तुलाराम गुरुङले गरेका थिए । महासचिव परशुराम गुरुङले शुरुको सत्र संचालन गरेका थिए भने दोस्रोसत्रमा कलाकालहरु रशना गुरुङ, सपन राई, शर्मिला बर्देवाले गीत गाएका थिए भने रत्न गुरुङले नृत्य गरेका थिए ।
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम