लण्डन । बेलायतमा सत्तारुढ कन्जरभेटिभ पार्टीका सांसदमाथि आफ्नै कार्यालयमा छुरा प्रहार गरी हत्या गरिएको छ ।
साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्रहार भएको थियो । दिउँसो करिब १२ बजेर ५ मिनेट जाँदा एक पुरुषले उनीमाथि अन्धाधुन्ध छुरा हानेको बताइएको छ ।
घटनामा संलग्न २५ वर्षीय युवकलाई एसेक्स प्रहरीले पक्राउ गरेको र घटनास्थलबाट छुरा बरामद गरिएको बीबीसीले बताएको छ ।
पार्टीका पूर्व नेता सर इयान डंकन स्मिथ, लेबोर नेता सर कियर स्ट्यामर र पूर्व प्रधानमन्त्री डेभिड क्यामरोन ले सांसद अमिसको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
६९ वर्षीय सांसदलाई घटनास्थलमै उपचार गरिएको र एयर एम्बुलेन्स पनि उनलाई लिन पुगेको स्थानीयबासीलाई उद्धृत गर्दै स्काइ न्यूले बताएको थियो । उनको घटनास्थलमै निधन भएको बीबीसीले जनाएको छ ।
सर अमिस सन् १९८३ देखि सांसद थिए । उनी वर्तमान निर्वाचन क्षेत्रबाट सन् १९९७ देखि निरन्तर निर्वाचित हुँदै आएका थिए ।
बेलायतमा यसअघि सन् २०१६ मा लेबोर पार्टीका सांसद जो कक्सको हत्या भएको थियो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा