शुक्रबार, कार्तिक ५ २०७८ | Fri, October 22, 2021
नेपालको समय: ०३:०१ | UK Time: 22:16

बंगलादेशलाई हराउँदै नेपाल साफको फाइनलमा

वीनेपाली
२०७८ असोज २७ गते १४:३७

काठमाडौँ। नेपालले साफ च्याम्पियनसीप–२०२१ को फाइनल खेल पहिलो पटक खेल्ने भएको छ ।

माल्दिभ्समा जारी खेल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा बङ्ग्लादेशसँग बराबरी खेलेपछि नेपालले फाइनल खेलमा आफ्नो स्थान सुरक्षित बनाएको हो ।

राउण्ड रोबिन लिगअन्तर्गतको आजको खेलमा १० खेलाडीमा सीमित रहेको बङ्गलादेशसँग नेपालले १–१ गोलको बराबरी खेल खेलेको हो । मालेस्थित राष्ट्रिय रङ्गशालामा भएको खेलमा खेलको नवौँ मिनेटमा बङ्गलादेशका सुमन रिजालले गोल गरेर आफ्नो देशलाई अग्रता दिलाएका थिए । नेपालका लागि अञ्जन विष्टले दोस्रो हाफको ८८ औँ मिनेटमा पेनाल्टीमार्फत गोल फर्काएका थिए ।

फाइनल खेल आगामी शनिबार राति हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री

फेसबुक