लण्डन । बेलायतको फोक्स्टोन शहरमा नेपाली सामुदायिक केन्द्रको स्थापना गरिएको छ ।
स्थानीय फोक्स्स्टोन नेपाली कम्युनिटीको पहल र विभिन्न दातृ निकायहरुको सहयोगमा स्थानीय चेरिटन पुस्तकालयको भवनमा सो केन्द्रको स्थापना भएको हो ।
कम्युनिटीका ट्रष्टी एवम् कम्युनिटी सेन्टर स्थापना परियोजनाका लिड क्याप्टेन रामबहादुर पुनले केन्ट काउण्टीसित पाँच वर्षको लागि सो सेन्टर रहेको भवन लिजमा लिइएको बताए । भवनको माथिल्लो तल्लामा पुस्तकालय छ भने तल्लो तलामा नेपाली कम्युनिटी सेन्टर रहेको छ ।
सो सेन्टरमा कम्युनिटीको कार्यालय, बैठक कक्ष, कार्यक्रम गर्ने हल, दुई शौचालय, चमेना गृह रहेको छ । सो केन्द्रमा फर्निचरहरु तथा आठ वटा कम्प्युटर पनि भरिएका छन् । गोर्खा मेमोरियल फण्डको सहयोगमा ती फर्निचर र कम्प्युटरहरु जोडिएको पुनले जानकारी दिए ।
सो केन्द्रमा बृद्धवृद्धाहरुलाई भेटघाट गर्ने थलोका साथै उनीहरुलाई प्रविधि चलाउन सिकाइने उनले बताए । यसअघि गोरखा पिस फाउण्डेसनको पहलमा हुँदै आएको वयोवृद्ध गोरखा सैनिकहरुको विहीबारे भेला पनि यहीँ हुने छ ।
केन्द्र स्थापना गर्नमा स्थानीय फोक्स्स्टोन र हाइथ डिस्ट्रिक्ट काउन्सिल, केन्ट कम्युनिटी फन्ड, गोरखा पिस फाउण्डेसन, केन्ट काेस्ट भोलुण्टियर ग्रुप, द न्याशनल लोटरीलगायतले सहयोग गरेका छन् । केन्द्रमा दुई वर्षका लागि एक जना पूर्णकालिन कर्मचारीको पनि व्यवस्था गरिएको छ ।
फोक्स्स्टोनमा लामो समयदेखि गोरखाहरुको ब्यारेक रहेको छ भने नेपाली कम्युनिटीको स्थापना सन् २००५ मा भए पनि आफ्नै कार्यालय स्थापना भएको थिएन । जसका कारण कार्यसमितिको बैठक र अरु कार्यक्रम गर्न हल भाडामा लिनु पर्दथ्यो । अब भने यी समस्या हटेको पुनले बताए । ‘कम्युनिटी सेन्टरले हामी गोरखाहरुलाई मात्र होइन अरु स्थानीय कम्युनिटीसित पनि काम गर्ने मौका मिल्नेछ’ उनले भने ।
लिजवापत कम्युनिटीले मासिक १०० पाउण्ड केन्ट काउण्टीलाई बुझाउनु पर्छ भने पाँच वर्षपछि सो लिज नविकरण पनि गर्न मिल्नेछ । यसबाहेक कम्युनिटी केन्द्र सन्चालनका लागि वार्षिक करिब १० हजार पाउण्ड खर्च लाग्ने अनुमान गरिएको छ । सो खर्च धान्नका लागि कम्युनिटीको सदस्यता शुल्क, हल भाडा र अरु आय आर्जनका कार्यक्रम गरिने योजना बनाइएको छ ।
सो केन्द्र पाउनका लागि कम्युनिटीले करिब डेढ वर्ष लामो प्रक्रिया पूरा गर्नु परेको थियो । सरकारी भवनको भाग भएका कारण पनि प्रशासनिक कार्यमा लामो लमय लागेको पुन बताउँछन् । कम्युनिटी र काउण्टीबीच जुलाई १ मा सम्झौता भए पनि रिफर्बिसमेण्टमा दुई महिना लागेको थियो ।
गत बिहीबार आयोजित एक कार्यक्रमबीच सो सेन्टरको उद्घाटन गरिएको छ । परियोजनाका प्रमुख पुन सो केन्द्र स्थापनाका लागि सहयोग गर्ने दाताहरु, स्वयंसेवकहरु, शुभेच्छुकहरु, कम्युनिटीका सदस्यहरु सबैमा धन्यवाद दिन्छन् ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने