लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई निरन्तरता दिन परराष्ट्र मन्त्रालयसित माग गरेको छ ।
गेसोका उपसभापति जितबहादुर राईले आज नवनियुक्त परराष्ट्र मन्त्री डा नारायण खड्कालाई सम्बोधन गरी परराष्ट्र मन्त्रालयमा एक ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् ।
ज्ञापन पत्रमा पूर्ववर्ती सरकारको पालामा राजनीतिक नियुक्ति पाएका राजदूतहरुलाई फिर्ता बोलाउने असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णयबाट गोरखाहरुको समस्याका बारेमा नेपाल तथा बेलायत सरकारबीच वार्ता गराउन केन्द्रमा रहेका बेलायतका लागि नेपाली राजदूत रेग्मी पनि फिर्ता हुने भएकाले आफूहरु अन्यौल र चिन्तामा परेको बताइएको छ ।
राजदूत रेग्मीको सक्रियतामा बेलायतका रक्षा मन्त्री र रक्षा राज्यमन्त्री नेपाली दूतावास लण्डनमा गई नेपाल र बेलायत सरकारबीच हुने वार्ताको पूर्व तयारी समेत भइसकेको ज्ञापन पत्रमा बताइएको छ । वार्ताको केन्द्रमा रहेका राजदुत रेग्मीलाई फिर्ता बोलाउँदा गोरखाहरुको दुई शताब्दीभन्दा लामो समस्या समाधानमा महत्त्वपूर्ण असर पर्ने भन्दै गेसोले गोरखाहरुको समस्यालाई समाधान नभइन्जेल राजदूत रेग्मीलाई निरन्तरता दिन अनुरोध गरेको छ ।
यदि रेग्मीलाई निरन्तरता दिन नसकिने अवस्थामा अन्य कसैलाई चाँडोभन्दा चाँडो नियुक्ति गरेर २०५ वर्षदेखिको गोरखा समस्या सदाको लागि अन्त्य गरि दिन पनि परराष्ट्र मन्त्रीलाई गेसोले अनुरोध गरेको छ ।
ज्ञापन पत्र जस्ताको तस्तै
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने