लण्डन । गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीलाई निरन्तरता दिन परराष्ट्र मन्त्रालयसित माग गरेको छ ।
गेसोका उपसभापति जितबहादुर राईले आज नवनियुक्त परराष्ट्र मन्त्री डा नारायण खड्कालाई सम्बोधन गरी परराष्ट्र मन्त्रालयमा एक ज्ञापन पत्र बुझाउँदै सो माग गरेका हुन् ।
ज्ञापन पत्रमा पूर्ववर्ती सरकारको पालामा राजनीतिक नियुक्ति पाएका राजदूतहरुलाई फिर्ता बोलाउने असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णयबाट गोरखाहरुको समस्याका बारेमा नेपाल तथा बेलायत सरकारबीच वार्ता गराउन केन्द्रमा रहेका बेलायतका लागि नेपाली राजदूत रेग्मी पनि फिर्ता हुने भएकाले आफूहरु अन्यौल र चिन्तामा परेको बताइएको छ ।
राजदूत रेग्मीको सक्रियतामा बेलायतका रक्षा मन्त्री र रक्षा राज्यमन्त्री नेपाली दूतावास लण्डनमा गई नेपाल र बेलायत सरकारबीच हुने वार्ताको पूर्व तयारी समेत भइसकेको ज्ञापन पत्रमा बताइएको छ । वार्ताको केन्द्रमा रहेका राजदुत रेग्मीलाई फिर्ता बोलाउँदा गोरखाहरुको दुई शताब्दीभन्दा लामो समस्या समाधानमा महत्त्वपूर्ण असर पर्ने भन्दै गेसोले गोरखाहरुको समस्यालाई समाधान नभइन्जेल राजदूत रेग्मीलाई निरन्तरता दिन अनुरोध गरेको छ ।
यदि रेग्मीलाई निरन्तरता दिन नसकिने अवस्थामा अन्य कसैलाई चाँडोभन्दा चाँडो नियुक्ति गरेर २०५ वर्षदेखिको गोरखा समस्या सदाको लागि अन्त्य गरि दिन पनि परराष्ट्र मन्त्रीलाई गेसोले अनुरोध गरेको छ ।
ज्ञापन पत्र जस्ताको तस्तै
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
बजार झरेका सन्तानलाई गाउँ फर्काउने बलबहादुर तिलिजा पुनको जुक्ती
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा ‘प्रतिभा सम्मान तथा पुरस्कार- २०२५’ घोषणा
आगलागी हुँदा बङ्गलादेशको प्रमुख विमानस्थलमा उडान अनिश्चितकालका लागि अवरूद्ध
बेलायतमा नेपालीमूलका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रारम्भिक अंग्रेजी र वेलबीइङ कक्षा सञ्चालन
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम