लण्डन । बेलायतमा देखिएको इन्धन आपूर्तिको अल्पकालित समाधानका लागि सेनालाई परिचालन गरिएको छ ।
पेट्रोलियम पदार्थको मौज्दात प्रशस्त भए पनि स्थानीय पेट्रोल स्टेशनसम्म ढुवानी गर्न पेट्रोलियम ट्याङ्कर चालकहरु पर्याप्त नभएपछि बेलायतमा गतसाताबाट इन्धनको समस्या देखिएको छ । सो समस्यालाई अल्पकालिन समाधानका लागि सरकारले सैनिकहरुलाई इन्धन ढुवानीका लागि तालिम दिई सोमबारबाट आपूर्तिका लागि खटाउने भएको छ ।
बीबीसीका अनुसार सोमबार करिब १०० सैनिक चालकहरुले इन्धन आपूर्ति गर्नेछन् ।
सरकारले करिब २०० सैनिकहरुलाई इन्धन ढुवानीका लागि तालिम दिइसकेको छ । ‘अपरेसन इस्कालिन’ नाम दिइएको यस योजनामा उनीहरुलाई इन्धन ओसारपसार, भण्डारण, आदिको तालिम दिइएको छ ।
सरकारले चालकको अभाव पूर्ति गर्न विदेशबाट कामदार ल्याउनका लागि भिसा खुकुलो बनाउने निर्णय लिएको छ । जसअनुसार करिब ३०० चालकहरुलाई तुरुन्त ल्याउने र मार्च २०२२ सम्म भिसा दिइने छ । थप ४ हजार ७०० चालकलाई फेब्रुअरी २०२२ सम्मको भिसा दिइनेछ ।
उता, ब्रिटिश पेट्रोलियम (बिपी) ले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सुधार हुँदै गएको र आउने दुई साताभित्र सामान्य हुने अपेक्षा गरेको छ ।
पेट्रोलियम रिटेलर्स एसोसिएनले बेलायतका अधिकांश भागमा पेट्रोलियम पदार्थको आपूर्ति सुधार हुँदै गएको र लण्डन तर दक्षिण पूर्वी क्षेत्रमा मात्र सुधार हुन बाँकी रहेको जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा