लण्डन । बेलायतमा देखिएको इन्धन आपूर्तिको अल्पकालित समाधानका लागि सेनालाई परिचालन गरिएको छ ।
पेट्रोलियम पदार्थको मौज्दात प्रशस्त भए पनि स्थानीय पेट्रोल स्टेशनसम्म ढुवानी गर्न पेट्रोलियम ट्याङ्कर चालकहरु पर्याप्त नभएपछि बेलायतमा गतसाताबाट इन्धनको समस्या देखिएको छ । सो समस्यालाई अल्पकालिन समाधानका लागि सरकारले सैनिकहरुलाई इन्धन ढुवानीका लागि तालिम दिई सोमबारबाट आपूर्तिका लागि खटाउने भएको छ ।
बीबीसीका अनुसार सोमबार करिब १०० सैनिक चालकहरुले इन्धन आपूर्ति गर्नेछन् ।
सरकारले करिब २०० सैनिकहरुलाई इन्धन ढुवानीका लागि तालिम दिइसकेको छ । ‘अपरेसन इस्कालिन’ नाम दिइएको यस योजनामा उनीहरुलाई इन्धन ओसारपसार, भण्डारण, आदिको तालिम दिइएको छ ।
सरकारले चालकको अभाव पूर्ति गर्न विदेशबाट कामदार ल्याउनका लागि भिसा खुकुलो बनाउने निर्णय लिएको छ । जसअनुसार करिब ३०० चालकहरुलाई तुरुन्त ल्याउने र मार्च २०२२ सम्म भिसा दिइने छ । थप ४ हजार ७०० चालकलाई फेब्रुअरी २०२२ सम्मको भिसा दिइनेछ ।
उता, ब्रिटिश पेट्रोलियम (बिपी) ले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सुधार हुँदै गएको र आउने दुई साताभित्र सामान्य हुने अपेक्षा गरेको छ ।
पेट्रोलियम रिटेलर्स एसोसिएनले बेलायतका अधिकांश भागमा पेट्रोलियम पदार्थको आपूर्ति सुधार हुँदै गएको र लण्डन तर दक्षिण पूर्वी क्षेत्रमा मात्र सुधार हुन बाँकी रहेको जनाएको छ ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण