लण्डन । बेलायती सेनाकाे सबैभन्दा विशिष्ट पदक भिक्टोरिया क्रस (भिसी) पाउने गोरखा सैनिक कुलवीर थापाको शालिक शनिबार अल्डरसटको प्रिन्सेस गार्डेनमा अनावरण हुँदैछ ।
बिहान १०.४५ मा शुरु हुने सो कार्यक्रममा बेलायती महारानीको प्रतिनिधिका रुपमा स्थानीय काउन्टी ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट, बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, बेलायती रक्षा राज्यमन्त्री तथा सो क्षेत्रका सांसद लियो डोचेर्टी लगायत बेलायती सेनाका उच्च अधिकारीहरुकाे उपस्थिति रहने छ ।
गोरखा मेमोरियल प्रोजेक्टका प्रवक्ता ओमप्रसाद थापाका अनुसार सो शालिकको अनावरण ह्याम्पसायरका डेपुटी लर्ड लेफ्टिनेण्ट, बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, बेलायती रक्षा राज्यमन्त्री तथा सो क्षेत्रका सांसद लियो डोचेर्टी र भिसी कुलवीर थापाका नाति सूर्य थापाले गर्नेछन् ।
अनावरण पूर्व बौद्ध परम्परा अनुसार लामाले र हिन्दू परम्पराअनुसार पण्डितले पूजापाठ गर्नेछन् ।
भिसी थापाले भिक्टोरिया क्रस पाउँदा लण्डन गजेटमा मुद्रित व्यहोरा अंग्रेजी र नेपालीमा वाचन गरिने छ ।
शालिक अनावरणपछि विशिष्ट अतिथिलगायतले भिसी थापाको शालिकमा पुष्पगुच्छा चढाउने छन् ।
भिसी थापालगायत दिवंगत गोरखा सैनिकहरुको सम्झनामा दुई मिनेट मौनधारण गरेपछि अतिथिहरुले मन्तब्य व्यक्त गर्नेछन् ।
विशिष्ट अतिथिहरु कार्यक्रम सकेर प्रस्थान गरेपछि सर्वसाधारणलाई पनि फूल चढाउने अवसर दिइने बताइएको छ ।
प्रवक्ता थापाले पूर्व गोरखा र बहालबाला गोरखा सैनिकहरुलाई सैनिक पोशाक र मेडलहरुसहित उपस्थित भइदिन अपील गरेका छन् ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता