काठमाडौँ। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष रविना थापाले आगामी महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । काठमाडौँमा आज पत्रकार सम्मेलनको आयोजना गरी उहाँले महिला सक्षम छन् भनेर देखाउन र संस्थागत सुधारका लागि आफूले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेको बताउनुभयो ।
“हरेक ठाउँमा महिला नेतृत्वमा आउनुपर्छ, तब मात्रै वास्तविक परिवर्तन हुन्छ”, थापाले भन्नुभयो, “नेतृत्व पुगेको खण्डमा वैदेशिक रोजगारीलाई मर्यादित र व्यवथित गरी महिला र घरेलु कामदारका मुद्दालाई जोडतोडका साथ अघि बढाउँछु ।” उहाँले नेतृत्व लिएर संस्थागत सुदृढीकरण गर्दै एनआरएनएको गतिविधिलाई प्रभावकारी बनाउन आफूले भूमिका निर्वाह गर्ने पनि बताउनुभयो ।
समारोहमा जयप्रकाश गुरुङले उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्दै एनआरएनएको संस्थागत विकास नै आजको आवश्यकता भएको औँल्याउनुभयो । अर्का विनय अधिकारीले महासचिवमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
उहाँले थापाको प्यानलबाट आफ्नो २२ बुँदे घोषणा सार्वजनिक गर्दै संस्थालाई राजनीतिबाट मुक्त गरी आर्थिक पारदर्शिता कायम गर्नेसहित भिजन ‘थर्टी–थर्टी’ को अवधारणा अघि बढाउने जानकारी दिनुभयो ।
यसअघि कूल आचार्यले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरिसक्नुभएको छ । एनआरएनएका वर्तमान पदाधिकारीले विधानविपरीत प्रतिनिधि छनोट गरेको भन्दै असन्तुष्ट पक्षले परराष्ट्र मन्त्रालयमा उजुरी दर्ता गरेपछि आउँदो १०औँ महाधिवेशन अनिश्चित बनेको छ ।
एनआरएनएका मानार्थ सदस्य नवराज ओली, एनआरएनए अमेरिकाका सल्लाहकार वेदप्रसाद खरेल र एनआरएनएका पूर्वसचिव जानकी गुरुङ लगायतले यसरी उजुरी दर्ता गराउनुभएको थियो । केही दिनअघि उहाँहरुले सङ्घको निर्वाचन प्रक्रियाको प्रारम्भदेखि नै न्यायिक सिद्धान्त र विधानविपरीत प्रतिनिधि छनोट गरिएको जिकिर लिँदै कानूनविपरीत गरिएका गतिविधि सच्याउन माग गर्नुभएको थियो ।
उहाँहरुको उजुरीका आधारमा मन्त्रालयले एक छानविन समितिसमेत बनाएर छानविन प्रक्रिया पूरा नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगन गर्न निर्देशन दिइसकेको छ । सङ्घको आगामी अक्टोबर २३ देखि २५ सम्म महाधिवेशन गर्ने मिति तय भए पनि उक्त विवादका कारण हाललाई अनिश्चित बनेको हो । सङ्घ विसं २०६० मा स्थापना भएको हो ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत