लण्डन । कोरोना महामारीका कारण २०७८ जेठ ६ गते देखि बन्द भएको पर्यटक अनअराइभल भिषा अध्यागमन विभागले विहीबारदेखि दिन शुरु गरेको छ ।
विभाग अन्तर्गतका नौ वटा प्रवेश तथा प्रस्थान विन्दु (अध्यागमन कार्यालयहरु) बाट पर्यटकलाई आगमन पश्चात दिने अनअराइभल भिषा दिन शुरु गरिएको प्रवक्ता झंकनाथ ढकालले जानकारी दिनुभयो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भिषा खुल्ला गर्ने निर्णय गरेपछि विभागले विहीबारदेखि सेवा पुनः शुरु गरेको उहाँले बताउनुभयो ।यस अघिसम्म विभागले नेपाल प्रवेश गर्ने विदेशी नागरिकले सम्बन्धित देशबाट भिषा लगाएपछि मात्र स्वास्थ्य मापदण्ड पूरा गरी प्रवेश दिने गर्दे आएको थियो ।
विभागले हवाई उडानबाट नेपाल प्रवेश गर्नेको लागि अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमार्फत आवश्यक ब्यवस्था मिलाउने र अन्य नाकाबाट नेपाल प्रवेश गर्ने विदेशीको हकमा सीमा क्षेत्रमा स्थापित अध्यागमन कार्यालयहरुले पर्यटक भिषा जारी गर्ने ब्यवस्था मिलाउने विभागले जनाएको छ । भिषा दिन शुरु गरेसँगै पदयात्रा र पर्वतारोहणमा आउने पर्यटकका लागि सहज भएको पर्यटन व्यवसायी टिकाराम गुरुङले बताए । पदयात्रामा आउने पर्यटक छोटो समयका लागि आउने र १० दिन क्वारेन्टीन बस्नु पर्ने भएकाले बाध्यताले पर्यटकले यस सिजनको पदयात्रा अधिकांसले रद्द गराएको उहाँले बताउनुभयो । यो निर्णयसँगै पर्यटकको आगमनमा थप बृद्धि हुने विश्वास रहेको उहाँको भनाई छ ।
भिषाको लागि विभागको वेवसाइटबाट अनलाइन फारम (पर्यटक भिषा) भर्नुपर्ने जनाएको छ । एक पटक भरेको फारमले १५ दिनसम्म मात्र काम गर्ने र भिषाको लागि तोकिएको दस्तुर बैंकमा बुझाउन सकिने जनाएको छ ।
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
लन्डनमा ए स्टार नेपाल बास्केटबल लिगको पाँचौँ संस्करण सुरु
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता