लण्डन । कोरोना महामारीका कारण २०७८ जेठ ६ गते देखि बन्द भएको पर्यटक अनअराइभल भिषा अध्यागमन विभागले विहीबारदेखि दिन शुरु गरेको छ ।
विभाग अन्तर्गतका नौ वटा प्रवेश तथा प्रस्थान विन्दु (अध्यागमन कार्यालयहरु) बाट पर्यटकलाई आगमन पश्चात दिने अनअराइभल भिषा दिन शुरु गरिएको प्रवक्ता झंकनाथ ढकालले जानकारी दिनुभयो ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले भिषा खुल्ला गर्ने निर्णय गरेपछि विभागले विहीबारदेखि सेवा पुनः शुरु गरेको उहाँले बताउनुभयो ।यस अघिसम्म विभागले नेपाल प्रवेश गर्ने विदेशी नागरिकले सम्बन्धित देशबाट भिषा लगाएपछि मात्र स्वास्थ्य मापदण्ड पूरा गरी प्रवेश दिने गर्दे आएको थियो ।
विभागले हवाई उडानबाट नेपाल प्रवेश गर्नेको लागि अध्यागमन कार्यालय, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमार्फत आवश्यक ब्यवस्था मिलाउने र अन्य नाकाबाट नेपाल प्रवेश गर्ने विदेशीको हकमा सीमा क्षेत्रमा स्थापित अध्यागमन कार्यालयहरुले पर्यटक भिषा जारी गर्ने ब्यवस्था मिलाउने विभागले जनाएको छ । भिषा दिन शुरु गरेसँगै पदयात्रा र पर्वतारोहणमा आउने पर्यटकका लागि सहज भएको पर्यटन व्यवसायी टिकाराम गुरुङले बताए । पदयात्रामा आउने पर्यटक छोटो समयका लागि आउने र १० दिन क्वारेन्टीन बस्नु पर्ने भएकाले बाध्यताले पर्यटकले यस सिजनको पदयात्रा अधिकांसले रद्द गराएको उहाँले बताउनुभयो । यो निर्णयसँगै पर्यटकको आगमनमा थप बृद्धि हुने विश्वास रहेको उहाँको भनाई छ ।
भिषाको लागि विभागको वेवसाइटबाट अनलाइन फारम (पर्यटक भिषा) भर्नुपर्ने जनाएको छ । एक पटक भरेको फारमले १५ दिनसम्म मात्र काम गर्ने र भिषाको लागि तोकिएको दस्तुर बैंकमा बुझाउन सकिने जनाएको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा