लण्डन । जाडो याममा कोरोनाभाइरसबाट बच्नका लागि बेलायतमा कोरोना भाइरसविरुद्ध अतिरिक्त खोप दिन शुरु गरिएको छ ।
बेलायत सरकारका खोप सल्लाहकारहरुले अतिरिक्त खोप लगाउन गत साता सल्लाह दिएसँगै विहीबारबाट सो खोपको अतिरिक्त मात्रा दिन शुरु गरिएको हाे । लण्डनको क्रोयडन युनिभर्सिटी अस्पतालमा कार्यरत क्याथरिन कारगिल सो खोप लगाउने पहिलो व्यक्ति बनेकी छिन् ।
प्रसुति सहायक कारगिल सो खोपले आफूलाई काम गर्न, पढ्न र परिवारसित समय बिताउन मद्दत गर्ने अपेक्षा गरेकी छिन् । ”जाडो याम आउन लाग्दा मैले यो खोप लगाएर सुरक्षित महसुस गरेको छु र अरुलाई पनि अतिरिक्त खोप दिन बोलाइएको बखत लगाउन हुन अनुरोध गर्दछु” उनले भनिन् ।
सरकारले इङल्याण्ड र वेल्समा विहीबारदेखि अतिरिक्त खोप दिन शुरु गरेको छ ।
करिब ३ करोड मानिसहरुलाई सो अतिरिक्त डोज दिने सरकारको योजना छ । यसरी अतिरिक्त डोज पाउनेहरुमा स्वास्थ्य सेवाका कर्मचारीहरु, ५० वर्ष नाघेका मानिसहरु र कोभिडबाट जोखिममा रहेका ५० वर्षमुनीका मानिसहरु रहेका छन् ।
यसरी दिइने अतिरिक्त डोज खोपमा धेरैजसो फाइजर एण्ड बायोनटेकको खोप रहेको छ र केही खोप मोडर्नाको हुने बताइएको छ ।
स्कटल्याण्डमा भने सोमबारदेखि अतिरिक्त खोप दिइने प्रथम मन्त्री निकोला स्टरजेनले बताएको छिन् । उता उत्तरी आयरल्याण्डमा भने यो महिनाको अन्त्यबाट खोप दिन शुरु गरिने अपेक्षा गरिएको छ ।
बेलायतका स्वास्थ्य मन्त्री साजिद जावेदले सरकारको जाडो याममा कोभिड १९ नियन्त्रण गर्ने योजना अनुसार अतिरिक्त खोप दिन लागिएको बताएका छन् ।
कोभिड १९ विरुद्ध दिइएको खोपले विकास गरेको रोग प्रतिरोध क्षमता समय बित्दै जाँदा घट्दै जाने भएकाले अतिरिक्त डोज दिन परेको बताइएको छ । अहिले इङल्याण्ड र वेल्सका अस्पतालहरुले कर्मचारी र बिरामीहरुलाई सो खोप दिन शुरु गरेका छन् भने अब बिस्तारै जीपीहरुले पनि अतिरिक्त डोज दिन शुरु गर्ने बताइएको छ ।
अर्को सातादेखि फार्मेसीहरु र खोप केन्द्रहरुमा पनि अतिरिक्त डोज खोप दिन शुरु गरिने योजना छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा