लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको समस्या समाधानका लागि नेपाल र बेलायतका सरकारी वार्ता टोलीबीच हुने वार्तामा एक भएर प्रस्तुत हुन गोरखा भूतपूर्व सैनिकहरु सहमत भएका छन् ।
सधैँ एकआपसमा आलोचनामा उत्रिरहने गोरखा भूतपूर्व सैनिक संस्थाका नेताहरु बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मीको पहलमा एकतावद्ध हुन मञ्जुर भएका हुन् ।
उनीहरुबीच विगतमा जे भयो त्यसलाई बिर्सेर अब हुने वार्तामा संयुक्त आवाज उठाउने सहमति भएको हो ।
नेपाल र बेलायत सरकारबीच गोरखाहरु समेतको सहभागितामा डिसेम्बरमा वार्ता हुँदैछ ।
यही सेप्टेम्बर ३ तारिखका दिन दुताबासमा राजदुत रेग्मी समेतको उपस्थितिमा गोरखा संस्थाका नेतृत्वबीच छलफल भएको थियो । करिब ६ घण्टा चलेको छलफलमा शुरुमा गोरखाहरु आ-आफ्नै अडानमा रहे पनि दुई देशबीच गोरखाहरुको समस्याका बारेमा वार्ता हुने भएपछि त्यसले गोरखाहरुमाथिको अन्याय र भेदभाव अन्त्य गर्नका लागि नयाँ अवसर सृजना गरेकाले कोही कतै दायाँ बायाँ नबनी एकै श्वर बनाउन उनीहरु राजी भएका थिए ।
सो छलफलमा गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति, गोरखा भूतपूर्व सैनिक संघ (गेसो), ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बिजीडब्ल्यूएस), नेपाल भूतपूर्व सैनिक संघ (नेसा), युबीजीएन लगायतका संस्थाका नेतृत्व उपस्थित थिए ।
सोही सहमतिबमोजिम हिजो बेलायती रक्षामन्त्रीसितको बैठकमा गोरखाहरु प्रस्तुत भएका थिए । सो बैठकपछि पनि गोरखा संस्थाका प्रतिनिधिहरुबीच दुताबासमै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल भएको थियो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण