लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको मागका बारेमा आगामी डिसेम्बर महिनामा हुने वार्ताका बारेमा छलफल गर्न नेपाल-बेलायत तथा गोरखा भूतपूर्व सैनिकका प्रतिनिधिहरुबीच आज बैठक बसेको छ ।
नेपाली दुताबास लण्डनमा बसेको सो बैठकमा बेलायतका रक्षा मन्त्री बेन वालेस र रक्षा राज्य मन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनहरू गोरखा संयुक्त सत्याग्रह संघर्ष समितिबाट प्रमुख संयोजक कृष्णबहादुर राई र जुद्धबहादुर गुरुङ, गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राई, ब्रिटिश गोरखा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान, नेपाल भूतपूर्व सैनिक संघ (नेसा) का सभापति केशबहादुर गुरुङ, गोरखा पेन्सन इनजस्टिस ग्रुपका अध्यक्ष उदयबहादुर गुरुङ, युबीजीएनका अध्यक्ष राम राई सहभागी थिए ।
यस्तै दुताबासका उपनियोग प्रमुख रोशन खनाल, आमरण अनसन बसेका गोरखाहरु ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राणा घले, सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार पनि सो बैठकमा उपस्थित थिए ।
बैठकमा भूतपूर्व गोर्खाहरुको माग सम्बोधनका लागि विगतमा भएको सहमति अनुरूप भूपू गोर्खाका प्रतिनिधिहरू सम्मिलित नेपाल सरकार र संयुक्त अधिराज्य सरकारबीच डिसेम्बर महिनादेखि शुरू हुने वार्ताको लागि वार्ता समिति गठन, वार्ता समितिको कार्यविवरण एवं अन्य आवश्यक तयारीका विषयमा छलफल भएको दुताबासले बैठकपछि जारी विज्ञप्तिमा जनाएको छ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत