लण्डन । गोरखा भूतपूर्व सैनिकहरुको मागका बारेमा आगामी डिसेम्बर महिनामा हुने वार्ताका बारेमा छलफल गर्न नेपाल-बेलायत तथा गोरखा भूतपूर्व सैनिकका प्रतिनिधिहरुबीच आज बैठक बसेको छ ।
नेपाली दुताबास लण्डनमा बसेको सो बैठकमा बेलायतका रक्षा मन्त्री बेन वालेस र रक्षा राज्य मन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी र भूपू ब्रिटिस गोर्खा संगठनहरू गोरखा संयुक्त सत्याग्रह संघर्ष समितिबाट प्रमुख संयोजक कृष्णबहादुर राई र जुद्धबहादुर गुरुङ, गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का सभापति कृष्णकुमार राई, ब्रिटिश गोरखा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्र दल देवान, नेपाल भूतपूर्व सैनिक संघ (नेसा) का सभापति केशबहादुर गुरुङ, गोरखा पेन्सन इनजस्टिस ग्रुपका अध्यक्ष उदयबहादुर गुरुङ, युबीजीएनका अध्यक्ष राम राई सहभागी थिए ।
यस्तै दुताबासका उपनियोग प्रमुख रोशन खनाल, आमरण अनसन बसेका गोरखाहरु ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राणा घले, सैनिक सहचारी कर्णेल रत्नबहादुर गोदार पनि सो बैठकमा उपस्थित थिए ।
बैठकमा भूतपूर्व गोर्खाहरुको माग सम्बोधनका लागि विगतमा भएको सहमति अनुरूप भूपू गोर्खाका प्रतिनिधिहरू सम्मिलित नेपाल सरकार र संयुक्त अधिराज्य सरकारबीच डिसेम्बर महिनादेखि शुरू हुने वार्ताको लागि वार्ता समिति गठन, वार्ता समितिको कार्यविवरण एवं अन्य आवश्यक तयारीका विषयमा छलफल भएको दुताबासले बैठकपछि जारी विज्ञप्तिमा जनाएको छ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण