लण्डन । इङल्याण्डमा स्वास्थ्य र हेरचाहका लागि नयाँ कर लगाइने भएको छ।
प्रधानमन्त्री बोरिस जोन्सनले आउने आर्थिक वर्षदेखि सो कर लागू गरिने बताएका छन् ।
हेल्थ एण्ड सोसल केयर लेभी नाम दिइएको नयाँ कर सन् २०२२ को अप्रिल महिनादेखि लागू हुनेछ । शुरुको वर्ष सो करवापत हरेक कामदारले तिर्ने राष्ट्रिय बीमा (न्याशनल इन्स्योरेन्स)मा १ दशमलव २५ प्रतिशत थप गरी काटिने छ भने सन् २०२३ को अप्रिलदेखि भने नयाँ करका रुपमा तलवबाट अलग्गै कट्टा गरिनेछ ।
अहिले न्याशनल इन्स्योरेन्स दर २ प्रतिशत मात्र रहेको छ । सन् २०२२ को अप्रिलदेखि २०२३ को मार्चसम्म न्याशनल इन्स्योरेन्स दर ३.२५ प्रतिशत कायम हुनेछ र त्यसपछि पुन २ प्रतिशतमा झर्नेछ ।
स्वास्थ्य तथा सामाजिक हेरचाहमा लाग्ने खर्च व्यवस्थापन गर्न सो कर ल्याउनु परेको सरकारको भनाइ छ ।
सरकारले राष्ट्रिय स्वास्थ्य सेवामा खर्च व्यवस्थापन गर्न नसक्दा धेरैले समयमा उपचार नपाएको आरोप लाग्दै आएको छ भने वृद्ध, अशक्त, अपाङ्गता भएकाहरुलाई आवश्यक सेवा दिन नसकेकोमा पनि सरकारको आलोचना हुने गरेको छ ।
प्रस्तावित करका बारेमा आजै संसदमा छलफल भई मतदान हुने योजना छ ।
इन्स्टिच्यूट अफ फिस्कल स्टडिजले यसलाई ४० वर्षयताकै करमा सर्वाधिक वृद्धि बताएको छ ।
वर्षको ९ हजार ५६४ पाउण्डभन्दा कम आर्जन गर्नेहरुले भने नयाँ कर तिर्नपर्ने छैन ।
सरकारले नयाँ करबाट वार्षिक १२ विलियन पाउण्ड प्राप्त हुने अपेक्षा गरेको छ ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा