लण्डन । गोरखाहरुको समस्या समाधानका लागि आमरण अनसन बसेका गोरखाहरुसितको सहमतिअनुसार भोलि नेपाली दुताबास लण्डनमा त्रिपक्षीय बैठक हुने भएको छ ।
बेलायती समयअनुसार बिहान ९ देखि १० बजेसम्म हुने सो बैठकमा बेलायत सरकारका रक्षा मन्त्री बेन बालेस, रक्षा राज्यमन्त्री लियो डोकोर्टी सहभागी हुनेछन् भने नेपाल सरकारका तर्फबाट बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख श्रीमती रोशन खनाल सरिक हुनेछन् । यस्तै गोरखाहरुका तर्फबाट आमरण अनसन बसेका ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राणा घलेलाई पनि निम्त्याइएको छ ।
यस्तै गोरखा भूतपूर्व सैनिकहरुका तर्फबाट गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति, गोरखा भूतपूर्व सैनिक संघ (गेसो), ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बीजीडब्ल्यूएस) लगायतका संस्थाहरुका अध्यक्षलाई बोलाइएको छ । सबै गोरखा संस्थाहरुलाई बोलाइए पनि बैठकमा भने गोरखा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले मात्र गोरखाहरुका तर्फबाट बोल्नेछन् ।
यसैगरी बैठकमा राजदुत रेग्मी, रक्षा मन्त्री बालेस र रक्षा राज्यमन्त्री डोकोर्टीले पनि बोल्नेछन् ।
यो बैठक आगामी डिसेम्बरदेखि हुने वार्ताको तयारीका लागि बोलाइएको हो ।
पाँच वर्षपछि पाकिस्तानी ध्वजाबाहक विमानले पुन: थाल्यो बेलायतका लागि उडान
रुकुम पश्चिम जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या आठ पुग्यो, १० जना घाइते [अपडेट]
अन्धाधुन्ध एन्टिबायोटिकको प्रयोगले जनस्वास्थ्यमा गम्भीर असर
रुकुम पश्चिममा जिप दुर्घटना सात जनाको मृत्यु, १० जना घाइते
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार आरम्भ
राष्ट्रियसभाका अध्यक्ष दाहालद्वारा बेलायतसहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग भेटवार्ता
तस्बिरमा हेर्नुहोस्, क्वोंने गुरुङ समाज यूकेका चेलीबेटीको चौथो वार्षिक भाइटिका तथा देउसो-भैलो कार्यक्रम
पूर्वगोर्खा सैनिक बुढामगरद्वारा विश्वका छैटौं अग्ला शिखरको सफल आरोहण
लन्डनमा आप्रवासन र सुरक्षाबारे पश्चिमी बाल्कन नेताहरूको शिखर बैठक
बेलायती प्रधानमन्त्रीद्वारा रुसका दुई प्रमुख तेल कम्पनीमा अमेरिकी प्रतिबन्धको स्वागत