लण्डन । गोरखाहरुको समस्या समाधानका लागि आमरण अनसन बसेका गोरखाहरुसितको सहमतिअनुसार भोलि नेपाली दुताबास लण्डनमा त्रिपक्षीय बैठक हुने भएको छ ।
बेलायती समयअनुसार बिहान ९ देखि १० बजेसम्म हुने सो बैठकमा बेलायत सरकारका रक्षा मन्त्री बेन बालेस, रक्षा राज्यमन्त्री लियो डोकोर्टी सहभागी हुनेछन् भने नेपाल सरकारका तर्फबाट बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख श्रीमती रोशन खनाल सरिक हुनेछन् । यस्तै गोरखाहरुका तर्फबाट आमरण अनसन बसेका ज्ञानराज राई, धनबहादुर गुरुङ र पुष्पा राणा घलेलाई पनि निम्त्याइएको छ ।
यस्तै गोरखा भूतपूर्व सैनिकहरुका तर्फबाट गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति, गोरखा भूतपूर्व सैनिक संघ (गेसो), ब्रिटिश गोरखा वेलफेयर सोसाइटी (बीजीडब्ल्यूएस) लगायतका संस्थाहरुका अध्यक्षलाई बोलाइएको छ । सबै गोरखा संस्थाहरुलाई बोलाइए पनि बैठकमा भने गोरखा सत्याग्रहका प्रमुख संयोजक कृष्णबहादुर राईले मात्र गोरखाहरुका तर्फबाट बोल्नेछन् ।
यसैगरी बैठकमा राजदुत रेग्मी, रक्षा मन्त्री बालेस र रक्षा राज्यमन्त्री डोकोर्टीले पनि बोल्नेछन् ।
यो बैठक आगामी डिसेम्बरदेखि हुने वार्ताको तयारीका लागि बोलाइएको हो ।
बेलायतमा कमलबहादुर गुरुङ फेरि काउन्सिलरमा निर्वाचित
बेलायत निवासी शान्ति लिम्बुको ‘थेम्सको लहरमा तमोरको स्पर्श’ कवितासंग्रह विमोचन
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
बेलायतमा नेपाली दम्पती नै काउन्सिलर निर्वाचित
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
स्याङ्जा समाज यूकेको संरक्षकमा मेजर कुमार गुरुङ र प्रमुख सल्लाहकारमा विजयबहादुर गुरुङ मनोनीत
बेल्जियममा श्रम संस्कृति पार्टीको प्रवास तदर्थ समिति गठन
डायमण्ड बु्द्धिष्ट सेन्टर यूकेद्वारा तमु लामा बौद्ध धर्म समाजलाई १६ लाख १३ हजार हस्तान्तरण
पत्रकारितामा एआई प्रयोगलाई रचनात्मक र मर्यादित बनाउनेबारे नेपाल पत्रकार महासंघ युकेको प्रशिक्षण
तेह्रथुम समाज यूकेको वार्षिक भेला २०२६ सम्पन्न