स्कटल्याण्डका नेपालीहरुबीच दुताबासको टोली

स्कटल्याण्ड । गैरआवासीय नेपाली स‌ंघ (एनआरएनए) स्कटल्याण्ड राज्य समितिको कार्यक्रममा भाग लिन बेलायतका लागि नेपाली राजदुत लोकदर्शन रेग्मी, उपनियोग प्रमुख श्रीमती रोशन खनाल लगायतको दुताबासको टोली स्कटल्याण्ड पुगेको छ ।

दुताबासको टोलीलाई एनआरएनए स्कटल्याण्डका नवनिर्वाचित अध्यक्ष काशीराम भण्डारी, श्रीमती मीरादेवी भण्डारी, एनआरएनए स्कटल्याण्डका महिला टीमले नौमती बाजासहितले स्वागत गरेका थिए ।

भण्डारीको अध्यक्षतामा फाइफमा सम्पन्न कार्यक्रममा  एनआरएनए स्कटल्याण्डका प्रमुख संरक्षक भोला खनालले स्वागत मन्तव्य दिएका थिए । राजदुत रेग्मीले एनआरएनए स्कटल्याण्ड समितिलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिनुभएको थियो । उहाँले स्कटल्याण्डमा कन्सुलर सेवाका लागि घुम्ती शिविर सन्चालन गरिने जानकारी दिनुभयो । राजदुत रेग्मीले एडिनवराको बोटानिकल गार्डेन, एनआरएनए र नेपाल सरकार, गोरखाका समस्या, स्कटल्याण्डका नेपाली कक्षालाई नेपाल सरकारले वैधानिकता दिने जस्ता क़ुराहरुमा उपस्थित जनमानसलाई प्रष्ट पार्नुभएको थियो ।

एनआरएनए अध्यक्ष भण्डारीले स्कटल्याण्डका परदेशी नेपाली तथा नेपालका लागी जाने पर्यटकका समस्याहरुलाई ध्यान गराउँदै राजदूत रेग्मीलाई ज्ञापन पत्र बुझाउनु भएको थियो भने एनआरएनए स्कटल्याण्डका उपाध्यक्ष उज्जल कार्कीले ज्ञापन पत्र पढेर सुनाउँदै आफ़ना भनाइ राख्नु भएको थियो । उहाँले नेपाली दुताबासले स्कटल्याण्डलाई दिन गइरहेको सेवाको प्रशंसा गर्नुभएको थियो ।

सहसचिव सुमी भण्डारीले एनआरएनए स्कटल्याण्डमा धेरै महिला भएको र आगामी दिनमा यसरी महिलाहरूलाई सामाजिक सेवामा प्रोत्साहन गरिने विश्वास व्यक्त गर्नुभयाे । कार्यसमिति सदस्य घनश्याम भण्डारीले एनआरएनए युकेका उपाध्यक्ष मोहन कार्कीले स्कटल्याण्डबासीका मुद्दाहरुलाई उठाउँदै एनआरएनए युके, एनआरएनए आइसिसी, नेपाल दुताबासमा ज्ञापन दिइसकेको तर अकस्मात आमाको निधनले नेपाल जानु परेकोमा उहाँको आमाप्रति श्रद्धान्जलि तथा परिवारमा समवेदना व्यक्त गर्नुभयो ।

एनआरएनए स्कटल्याण्डका अध्यक्ष भण्डारीले बेलायत सरकार र नेपाल सरकारले कोभिड १९ को होटल आइसोलेसन नियमले नेपाली तथा पर्यटकलाई पारेको मर्काको बारेमा ध्यानाकर्षण गराउनु भएको थियो ।

कार्यक्रम संचालक एनआरएनए स्कटल्याण्डका सचिव मनिष खत्रीले नेपाली कक्षा, विधार्थीहरूका समस्याहरुलाई ध्यानाकर्षण ग़राएपछि राजदूताबास र सबै उपस्थितहरु बीच प्रश्नोत्तरको सेसन चलाइएको थियो ।

कार्यक्रममा समाजसेवी बुद्धिजीवीहरु माधव भण्डारी, सागर भण्डारी, राम बगाले, राजु बम, टीका लिम्बू ,धन केसी, राम श्रेष्ट, गोविन्द कँडेल, शेर केसीले पनि बोल्नुभएको थियो । प्रश्नोत्तर चलिरहँदा अर्को हलमा दुताबासले सेवा प्रदान गरेको थियो । एबरडीनबाट आएका समाजसेबी तथा नेपाली पर्यटनका अनुभवी प्रकाश भट्टले कसरी पर्यटन प्रवर्धन गर्ने भनेर सुझाव दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री