लण्डन । बेलायतमा नेपाली समुदायको अत्यधिक बसोबास रहेको रसमुर बोरो काउन्सिलले स्थानीय सँस्कृतिलाई उत्सवका रुपमा मनाउन नेपाली समुदायको कथा समेटिएको तस्वीर प्रदर्शन गर्ने भएको छ ।
‘वियोण्ड द लेन्स’ नाम दिइएको सो परियोजनाअन्तर्गत सो काउन्सिलमा बसोबासरत नेपाली समुदायका सदस्यहरुको व्यक्तिगत कथा तस्वीरमार्फत देखाइनेछ । काउन्सिलले यसका लागि स्थानीय फोटोग्राफर सौन ज्याक्सनलाई जिम्मा दिएको छ । ज्याक्सनले नपालीहरुको इतिहास, साँस्कृतिक परम्परा, कथा, सोचाइ र योजनालाई तस्वीरमा उतार्नेछन् ।
ती तस्वीरहरुलाई अल्डरसटको युनियन स्ट्रीटमा सार्वजनिक प्रदर्शनीका लागि सेप्टेम्बर १५ देखि राखिने छ ।
रसमुर काउन्सिलकी काउन्सिलर मारिना मुनरोले भनिन्, ”नेपाली समुदायलाई यस परियोजनामा सहयोग गर्न आह्वान गर्दछु ताकि उनीहरुको सँस्कृति र परम्पराका बारेमा केही अभिलेख राख्न सकियोस् ।”
फोटोग्राफर ज्याक्सनले काउन्सिलले आफूलाई नियुक्त गरेपछि नेपाली बासिन्दा, व्यापारीहरु, स्थानीय संघसंस्थाहरुसित मिलेर तस्वीरका साथै इतिहास, साँस्कृतिक परम्परा र कथा संकलन गरिरहेको वीनेपालीसित बताए । सो योजनामा ६० जना मानिसहरुले भाग लिएको र त्यसमध्ये २१ वटा तस्वीर प्रदर्शनीमा राखिने उनले जानकारी दिए ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा